अर्घाखाँचीमा कार दुर्घटना तीन जनाको मृत्यु , दुई जना घाइते ।


श्याम घिमिरे
कार्तिक २० अर्घाखाँची –

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्वर–६ नरपानी नजिकै बुधबार बिहान कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाबाट सन्धिखर्क आउदै गरेकोे बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा २ जनाको घटना स्थलमै र १ जनाको उद्दारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

मृत्युहुनेहरुमा सैनामैना २ का बर्ष ७० कि दुर्गादेबि खड्का,बर्ष ४० का तिलक खड्का र बर्ष ४३ का भक्तबहादुर खड्का रहेको प्रहरी निरीक्षक खत्रीले बताए । यस्तै घाईते हुनेमा बर्ष २८ का बिनोद खड्का र सबारी चालक बर्ष ४९ का गंगा बहादुर खड्का रहेको जनाईएकोे छ । घाईते दुबैजनालाई प्राथमिक स्वास्थ्यकेन्द्र ठाँडामा सामान्य उपचार पछी बुटबल रिफर गरीएको प्रहरीले जनाएको छ । कार सडक बाट झन्डै १ सय ५० मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.