अर्घाखाँचीमा भारतीय ज्याजती विरुद्ध संयुक्त बिद्यार्थीको विरोध प्रदर्शन (तस्बिर सहित)

श्याम घिमिरे
कार्तिक २१ अर्घाखाँची –

संयुक्त बिद्यार्थी संगठन अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै आज सदरमुकाम सन्धिखर्कमा विरोेध प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

Image may contain: 12 people, including Bhattarai Bharat, outdoor

गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरे संगै नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । यसकै विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा मसाल निकट अखिल छैठौं अर्घाखाँचीले संयुक्त रुपमा बिरोध र्याली निकालेका हुन ।

Image may contain: 4 people, people standing, sky and outdoor

Image may contain: 12 people, including Pradip Nepali, people smiling, people standing and outdoor
Image may contain: 8 people, people standing, crowd and outdoor

र्यालीमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए । विरोध पछि आयोजित कोणसभामा मनतब्य राख्दै बिद्यार्थी नेताहरुले नेपालको माटो र भुभागलाई बचाउन रगत बगाउन परे पनि तयार रहेको भन्दै देशमा सबै परीबर्तन आन्दोलनबाटै सम्भब रहेको टिप्पणी समेत गरेका थिए ।

Image may contain: 7 people, people standing, crowd and outdoor
Image may contain: 3 people, people standing

Image may contain: 6 people, people standing, child and outdoor
Image may contain: 9 people, people standing and outdoor
Image may contain: text

यस्तै उनिहरुले नेपाल सरकार पनि आफ्नो भूभागहरु जोगाउन तयार हुनुपर्ने बताए । उनिहरुले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्चाइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्न समेत पछी नपर्ने बताउदै नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कोण सभामा अनेरास्ववियुका नेता लक्ष्मण खड्का,नेबिसंघका जिल्ला अध्यक्ष भरतमणी भट्टराई,अखिल छैठौंका जिल्ला अध्यक्ष सन्देश खनाल लगायतले मनतब्य राखेका थिए । कार्यक्रम अनेरास्ववियुका नेता प्रदिप नेपालीको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 9 people, people standing and outdoor
Image may contain: 9 people, people standing and outdoor
Image may contain: 3 people, people standing, people walking and outdoor
Image may contain: 8 people, including Bhattarai Bharat and Kulraj Banjade, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.