स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिक समाजको जोड

बसन्त श्रेष्ठ ‘छापेली’
२४ कार्तिक २०७६-
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीले जोड दिएको छ । सरकारले नागरिकको सुबिधाका लागि ३५ सय रुपैयामा स्वास्थ्य बीमा गरी १ लाख रुपैया सम्मको औषधी र स्वास्थ्य सेवा लिन पाउने व्यवस्था भएपनि स्वास्थ्य कार्यालय अर्घाखाँचीमा प्रयाप्त औषधी नभएको भन्दै यस बिषयमा सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिएको छ ।


एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको छलफल बमोजिम स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीलाई ज्ञापन पत्र बुझाउदै नागरिक समाज अर्घाखाँचीले नेपाल सरकारले स्वास्थ्य बीमाबाट उपलब्ध गाराउने औषधीका बारेमा उठेका गुनासा तत्काल सम्बोधन गर्न माग गरेको छ ।


स्वास्थ्य विमा निर्देशिकाले वीमा गरे बापत नागरिकले करिव ९ सय प्रकारका औषधीहरु पाउनुपर्ने उल्लेख गरेको भएपनि राज्यले व्यवस्था गरेको नीति, नियम, अनुरुप राज्यका सम्वन्धित निकाएले प्रभावकारी रुपमा काम गर्न नसक्दा नागरिकहरुले सास्ती व्यहोरेका ज्ञापन पत्रमा भनिएको छ ।


अर्घाखाँची अस्पताल जिल्लाको एकमात्र अस्पताल भएको भन्दै आम नागरिक प्रतिको विश्वासनीयता गुम्न दिन नहुनेमा सञ्जालले जोड दिएको छ । ‘आम नागरिकले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा राज्यबाट प्राप्त हुने सेवा र सुविधा जति सक्दो छिटो र छरितो रुपमा पाउनु पर्छ ‘ ज्ञापन पत्रमा भनिएको छ ।
अस्पताल जस्तो नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थाको फार्मेसीमा औषधीहरु प्राप्त हुन नसक्ने जस्ता जनगुनासोको कारण नागरिक संघ संस्थाहरुको ध्यानआर्कषण भएको ज्ञापन पत्रमा उल्लेख छ । सुशासन प्रर्वदनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल, अर्घाखाँची, नेपाल पत्रकार महासंघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गैर सरकारी संस्था माहासंघ, एकीकृत ग्रामीण विकास समाज लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।


ज्ञापन पत्र बुझ्दै स्वास्थ्य कार्यालय प्रमुख डा.जगन्नात तिवारीले प्रयाप्त बजेट नहुँदा प्रयाप्त औषधी नभएको भन्दै सेवाग्राहीका गुनासा सम्बोधनका लागि पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.