अर्घाखाँचीमा भारतीय हस्तक्षेप विरुद्ध राजमोको विरोध सभा (तस्बिर सहित)

श्याम घिमिरे
कार्तिक २३ अर्घाखाँची –

नेकपा मसालको जनबर्गिय संगठन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै सनिबार सदरमुकाम सन्धिखर्कमा विरोेध प्रदर्शन सहीत सभा गरेको छ । राजमोले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकार संग माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

केहीदिन अगाडी भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरे संगै नक्सामा नेपालको जमिन समावेश गरेको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक दलहरुले विरोध जनाउँदै आइरहेका छन् । यसकै विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिरोध सभा गरेको हो ।

Image may contain: text

बिरोध सभामा राजमोका नेताहरुले ‘भारतीय साम्राज्यबाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए । नेताहरुले नेपालको माटो र भुभागलाई बचाउन बलिदानी दिन परे पनि तयार रहेको भन्दै ‘भारतीय साम्राज्यबादसंग नझुक्न सरकारलाई आग्रह समेत गरे । देशमा सबै परीबर्तन आन्दोलनबाटै सम्भब रहेको बताउदै उनिहरुले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत जनाए ।

सभामा राजमो जिल्ला अध्यक्ष थम्मन केसी,नेकपा मसालका प्रबक्ता पशुपति ढकाल,अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर लगायतले मनतब्य राखेका थिए । कार्यक्रम राजमो जिल्ला सचिब बाबुराम पन्थी सुनारको सन्चालनमा सम्पन्न भएको हो ।

तस्बिर-बसन्त खडका

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.