अर्घाखाँचीका बिभिन्न स्थानहरुमा चोरहरु आएको हल्लाप्रति जिल्ला प्रहरी कार्यालयको गम्भिर ध्यानाकर्षण, हल्लाका पछी नलाग्न प्रहरीको आग्रह ।

श्याम घिमिरे,
कार्तिक २८ अर्घाखाँची –

अर्घाखाँचीका बिभिन्न स्थानहरुमा चोरहरु आएको हल्लाहरु प्रति जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । प्रहरीले बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दे जिल्लाका बिभिन्न स्थानहरुमा कालो पोशाक लगाएका नकावधारी व्यक्तीहरु बच्चा चोर्न आएको र घरमा ढुङ्गा हान्ने लगायतका गतिबिधि भइरहेको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

हल्लाहरु भए सँगै जिल्ला प्रहरी कार्यालयले प्रहरी गस्ती परिचालन, सोधपुछ लगायतका कृयाकलापलाई तिब्रता दिएको र त्यस्ता कृयाकलापप्रति अनुसन्धान समेत भइरहेको जनाएको छ । साथै प्रहरीले सबै जनसमुदायलाइ त्रसित नहुन अनुरोध गर्दे त्यस्ता ब्यत्ति तथा समुहको बारेमा जानकारी पाए नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि जानकारी दिन पनि प्रहरीले आग्रह गरेको छ ।

यस्तै प्रहरीले मानिसहरुलाई आतंकित पार्ने खालका होहल्लाको पछि नलाग्न सबै जनसमुदायलाई अनुरोध पनि गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी निरीक्षकद्धय प्रकाश खत्री र शुरेस सुबेदीलेले समसामुयीक बिषयमा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.