आफुहरुका जायज मागको सुनुवाई गर्न सरकारले बेवास्ता गरेको भन्दै अर्घाखाँचीका निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

सन्धिखर्क एफएम
कार्तिक २७ अर्घाखाँची –

नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीले आफुहरुका जायज मागहरुको सुनुवाई गर्न सरकारले बेवास्ता गरेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायीहरुले सार्वजनिक खरीद निमावली २०७६ ले म्याद थप र बैंक क्रेडीट लाईनमा असाध्यै नकारात्मक असर पर्नेगरी प्राबधान राखिएको भन्दै गलत कुराहरु सच्याउन पुन आग्रह गरेका हुन् ।

संघका जिल्ला उपाध्यक्ष काशिराम बस्यालको नेतृत्वमा गएका निर्माण व्यवसायीहरुले सार्वजनिक खरीद क्षत्रलाई नै धराशायी बनाउने गरी कायम रहेका प्राबधानहरु तत्काल संशोधन वा खारेजीको माग गर्दै ज्ञापनपत्र बुभाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा युवा व्यवसायी कविराम खनालले ज्ञापनपत्र पढेर सुनाएका थिए । उनले आफुहरुका मागहरुमा सरकार गम्भिर नभए धर्ना, तालावन्दी, हेभी उपकरणहरु सडकमा राख्ने, निर्माण कार्यहरु ठप्प पार्ने, टेन्डर बहिष्कार गर्ने लगायतका आन्दोलन गर्न आफुहरु बाध्य हुने बताएका थिए ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जायज मागहरु आफुले तत्कालै सम्विन्धित ठाउँमा पठाउने भन्दै मागहरु पुरा हुने विस्वास समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.