न्याय बुझाउन गाँउगाँउमा सरकारी वकिल (तस्बिर सहित)

श्याम घिमिरे
कार्तिक २९ अर्घाखाँची –

राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् । अर्घाखाँची जिल्लाका ग्रामिण भेगका अधिकांश नागरिकलाई कानुन के हो थाहा छैन होला, कानुनी कामकाज र प्रक्रियाका विषयमा मात्र नभै अन्यायमा परे कहाँं जाने भन्ने कुरा पनि धेरै नागरिकलाई थाहा छैन । यि र यस्तै बिषयबस्तुलाई मध्यनजर गर्दे अर्घाखाँची जिल्लाका सरकारी वकिल समुदायमा गएर समुदायमा सरकारी वकिल कार्यक्रम सन्चालन गरीरहेका छन । जस अन्तरगत सुक्रबार जिल्लाको मालारानी गाउँपालिका वडा नं.६ मेहेलपानीको लोहरीमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल हरीप्रसाद घिमिरेले सरकारी वकिल कार्यलयको भूमिका, नयाँ अपराध संहिता र प्रभाबकारी न्याय लगायतका बिषयबस्तुमाथी प्रकाश पार्दे वडा कार्यालयमा भएका समस्याको समाधानको बारेमा समेत सहजीकरण गर्नुभएको हो । कार्यक्रममा नागरिकका गुनासा सुनेपछि घिमिरेले अहिलेपनि ग्रामिण क्षेत्रका नागरिकहरु न्यायको पहुँच सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको भन्दै अबका दिनहरुमा न्यायको पहुँचमा आउनु पर्ने कुरामा जोड दिनुभयो । उता ग्रामिण बस्तीका अधिकांश नागरिकमा अशिक्षा र चेतनाको अभावले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको स्थानियको भनाई रहेको थियो ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री,वडानं.६ का वडाअध्यक्ष नारायण प्रसाद अर्याल, कानून व्यवसायी केबि भुसाल , पबित्रा भट्टाराई, , प्रहरी निरीक्षक प्रकाश खत्री, अर्घामेहेलपानी माबिका प्रध्यानाध्यापक खुमानसिंह थापा, बिद्यालयका बिद्यार्थी, महिला समूह, स्थानीय नागरीक लगायतकको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालयका सुनिता खनालको संचालनमा सम्पन्न भएको हो । पछील्लो समय सरकारी वकिल कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा पुगी जनतासंग सरकारी वकिल कार्यक्रम प्रभाबकारी रुपमा सन्चालन गर्दे आईरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.