अर्घाखाँचीमा समुदायमा सरकारी वकिल र समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभाबकारी बन्दै (तस्बिर सहित )

Image may contain: Lekhnath Pokhrel

श्याम घिमिरे
मंसीर ४ अर्घाखाँची –

राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् । अर्घाखाँची जिल्लाका ग्रामिण भेगका अधिकांश नागरिकलाई कानुन के हो थाहा छैन होला, कानुनी कामकाज र प्रक्रियाका विषयमा मात्र नभै अन्यायमा परे कहाँं जाने भन्ने कुरा पनि धेरै नागरिकलाई थाहा छैन । यि र यस्तै बिषयबस्तुलाई मध्यनजर गर्दे अर्घाखाँची जिल्लाका सरकारी वकिल समुदायमा गएर समुदायमा सरकारी वकिल कार्यक्रम सन्चालन गरीरहेका छन । जस अन्तरगत बुधबार ३०औं अन्तराष्ट्रिय बाल दिवसको अबसरपारी जिल्लाको छत्रदेब गाउँपालीक वडा नं.३ बल्कोटको रैनिपोखरीमा समुदायमा सरकारी वकिल कार्यक्रम र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ ।

Image may contain: 3 people, including Hari Ghimire, people smiling

कार्यक्रममा जिल्ला सरकारी वकिल हरीप्रसाद घिमिरेले सरकारी वकिल कार्यलयको भूमिका, नयाँ अपराध संहिता र प्रभाबकारी न्याय लगायतका बिषयबस्तुमाथी प्रकाश पार्दे वडा कार्यालयमा भएका समस्याको समाधानको बारेमा समेत सहजीकरण गर्नुभएको हो । कार्यक्रममा नागरिकका गुनासा सुनेपछि घिमिरेले अहिलेपनि ग्रामिण क्षेत्रका नागरिकहरु न्यायको पहुँच सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको भन्दै अबका दिनहरुमा न्यायको पहुँचमा आउनु पर्ने कुरामा जोड दिनुभयो । उता ग्रामिण बस्तीका अधिकांश नागरिकमा अशिक्षा र चेतनाको अभावले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको स्थानियको भनाई रहेको थियो ।

Image may contain: 3 people, including Vijaya KC, people standing

यस्तै प्रहरी निरीक्षक प्रकाश खत्रीले आत्महत्या र घटनास्थलको सुरक्षाको बारेमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला बार एसोशियसनका का.बा अध्यक्ष बिजय कुमार केसी र जिल्ला कानुनि सहायता समिति अर्घाखाँचीका सदस्य अधिबक्ता टिका भुसालले कानुन सम्बन्धी बिभिन्न बिषयबस्तुहरुमाथी प्रकाश पार्नुभएको हो ।

Image may contain: 1 person

कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल,उपाध्यक्ष तुलसादेबि श्रेष्ठ र वडानं.३ का वडाअध्यक्ष तेजप्रसाद खनाल,पत्रकार प्रेमनारायण आचार्य,श्याम घिमिरे,सुरज रायमाझी लगायतले मनतब्य राख्दै कानुनको सबैले पालनागर्नुपर्ने कुरामा जोड दिदै यस्ता प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, महिला समूह, स्थानीय नागरीक समाज ,बुद्धिजिबि लगायतकको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालयका खरीदार सुनिता खनालको संचालनमा सम्पन्न भएको हो ।

Image may contain: 3 people, including Vijaya KC, people sitting and people standing

पछील्लो समय सरकारी वकिल कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा पुगी जनतासंग सरकारी वकिल र समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभाबकारी रुपमा सन्चालन गर्दे आईरहेका छन ।

Image may contain: 4 people, including Tej Prasad Khanal and Parbata Shrestha, people smiling, people standing and suit
Image may contain: 18 people, including Vijaya KC, Tej Prasad Khanal and Parbata Shrestha, people standing, sky and outdoor
Image may contain: 7 people, including Hari Ghimire, Lekhnath Pokhrel and Vijaya KC, indoor
Image may contain: 16 people, including Prem Naryan Pokhrel, people sitting and indoor
Image may contain: 5 people, including Tej Prasad Khanal, Lekhnath Pokhrel and Hari Ghimire, people standing
Image may contain: 6 people, including Tej Prasad Khanal, Lekhnath Pokhrel, Hari Ghimire and Vojraj Khanal
Image may contain: 13 people, people sitting and indoor
No photo description available.
Image may contain: 3 people, including Hari Ghimire, people smiling, people standing and hat
Image may contain: 7 people, people smiling
Image may contain: Hari Ghimire, indoor
Image may contain: 12 people, including Hari Ghimire, people sitting, crowd, table and indoor
Image may contain: 1 person, standing and text
Image may contain: 4 people, including Hari Ghimire and Vijaya KC, people smiling, indoor
Image may contain: Lekhnath Pokhrel
Image may contain: 10 people, including Premnarayan Acharya, people sitting
Image may contain: 1 person
Image may contain: Hari Ghimire
Image may contain: 5 people, including Lekhnath Pokhrel and Neta Bhusal, people standing and suit

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.