भुमिकास्थान ६ खिल्जीमा हाटबजार संचालन,देश नयाँ युगमा प्रवेश गरेको प्रदेशसभा सदस्य घिमिरेको भनाइ (तस्बिर सहित)

शोभाखर पन्थी मंसिर ७ अर्घाखाँची – साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान ६ खिल्जीले हाटबजार संचालन गरेको छ । स्थानीय कृषि उपजको सहज बिक्रीवितरणको व्यवस्था मिलाई कृषकहरू लाई बिचौलिया बाट मुक्त पार्ने उद्देश्यले संचालित हाट बजारको एक समारोहका बीच प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नुभयो ।

Image may contain: 5 people, including Prem Thapa, people sitting and outdoor

कार्यक्रममा मन्तव्य राख्दै उहाँले देश नयाँ युगमा प्रवेश गरेको बतउनु भयो । नेपाली जनताको ठुलो त्याग र बलिदान बाट मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएको भन्दै उहाँले अब सबैको ध्यान आर्थिक क्रान्तिमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । सांसद घिमिरेले मुलुकको समृद्धिको लागि गाउँ गाउँमा व्यवसायीक कृषि उत्पादन र शहरमा उद्योग कलकारखाना संचालन गर्नुपर्ने बताउनुभयो । नाङ्गा पाखा पखेरामा व्यवसायीक पशुपालन ,कृषि तथा फलफुल खेति गरेर कृषकले मनग्ये आम्दानी लिन सक्ने भन्दै उहाँले काम गर्ने ईच्छाशक्ति भएका कृषकलाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Image may contain: 7 people, people standing and outdoor


कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभाका सदस्य निर्मला क्षेत्रीले हाट बजार निर्माणले स्थानीय कृषकहरुमा उत्साह पैदागरेको बताउनुभयो । उहाँले उत्पादन बृद्धिगरी मनग्ये आम्दानी लिन कृषकहरू लाई आग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकास निर्माणको निम्ति सबै जनप्रतिनिधिहरु एकता बद्ध भइ अगाडि बढेको भन्दै बिकासको निम्ति व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने बताउनुभयो ।

Image may contain: 4 people, people standing and outdoor

भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले व्यवसायीक कृषिको निम्ति पालिकाले बिशेष योजना बनाएको बताउनु भयो । उहाँले यसबर्ष व्यवसायीक कृषिको निम्ति पालिकाले ३६ लाख अनुदान दिने तयारी गरेको बताउँदै काम गर्ने ईच्छा शक्ति भएका कृषकलाई पैसाको कमि नहुने बताउनुभयो ।


भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले स्थानीय साधन र श्रोतक‍ो अधिकतम प्रयोग गरि नगरलाई सम्मुनत बनाउने बताउनुभयो ।


साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमनारायण बेल्वासेको अध्यक्षता र प्रबन्धक हरि प्रसाद पौडेलक‍ो संचालनमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र,उद्योग वाणिज्य संघका उपाध्यक्ष जिवलाल बन्जाडे,भुमिकास्थान वडा नं.६ का वडा अध्यक्ष झबिलाल बन्जाडे,जिल्ला कृषि सहकारी संघका लक्ष्मण कँडेल ,कृषि सहकारी संस्थाका उपाध्यक्ष गोपाल प्रसाद बेल्वासे,समाजसेवि रेशम बस्नेत लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

Image may contain: 1 person, tree, crowd, outdoor and nature
Image may contain: 7 people, including Govinda Parsad Acharya, people smiling, people sitting and people standing
Image may contain: 6 people, people sitting and hat
Image may contain: one or more people, tree, crowd and outdoor
Image may contain: 7 people, including Thakur Prasad Khanal and Prem Thapa, people standing
Image may contain: 5 people, people standing and outdoor
Image may contain: 4 people, including Dhurva Raj Neupane, outdoor
Image may contain: 6 people, including Prem Thapa and Laxman Kandel, people smiling
Image may contain: 5 people
Image may contain: 7 people, people smiling, people standing and outdoor
Image may contain: 4 people, people standing
Image may contain: 4 people, including Prem Thapa, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.