अर्घाखाँचीमा ७० बर्षिय बृद्धाको भिरबाट लडेर ज्यानगयो ।


श्याम घिमिरे
मंसीर ८ अर्घाखाँची –
अर्घाखाँचीको भुमिकास्थान नगरपालीकामा एक जनाको भिरबाट लडेर ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुरा डेभाका ७० बर्षिय जग बहादुर नेपालीको भिरबाट लडेर ज्यान गएको हो । सुक्रबार दिउँसो घरबाट गाउँ जान्छु भनि हिडेको र साँझ सम्म पनि घर नफर्कीएपछी आफन्तले खोजतलास गर्दै जादा आईतबार दिउँसो नेपालीको घर नजिकै बाटो देखी अन्दाजी २ सय मिटर तल सल्लेडाँडाको भिरमा मृत अबस्थामा उनको शव फेला परेको थियो । नेपालीले अत्याधिक मदिरा सेवन गरी हिडेको स्थानियले देखेकाले त्यही मदिरा सेबनकै कारण उनी भिरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ । शवको अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.