अर्घाखाँची बस दुर्घटना : मृतकको सङ्ंख्या १८ पुग्यो, ६ जनाको सनाखत, १३ जना घाइते


श्याम घिमिरे
मंसिर ११ अर्घाखाँची –

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानं. ६ नरपानीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्बरको बस नरपानी नजिकैको रातामाटाको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताउनुभयो । ज्यान गुमाउनेमा ११ जना पुरुष र ७ जना महिला रहेको बेल्बासेले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको बेल्बासेले बताउनु भयो ।

यसैबिच दुर्घटनामा ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सन्धिखर्क नगरपालीका ७ का अन्दाजी ५६ बर्षिय शिबलाल भट्टराई,सनपा ७ कै बर्ष ५० का बलराम भट्टराइ,सनपा ७ की बर्ष २२ की माया पुरी, ,सनपा ७ का बर्ष ८ की मनिका खड्का,भुनपा ९ का बर्ष १९ का शैलेश थापा र सनपा ३ की सिता भाट रहेको सहायक प्रजिअ बेल्बासेले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउने अन्य र घाइते भएकाहरुको परिचय खुलेको छैन । बस सडकबाट करिव ३ सय मिटर तल भिरमा खसेको हो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.