अर्घाखाँची बस दुर्घटना – मृतकको सङ्ंख्या १९ पुग्यो, १८ जना घाइते (पुरा विवरण सहित)


श्याम घिमिरे
मंसिर १२ अर्घाखाँची –

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानं. ६ नरपानीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घटनास्थलमा १७ जना र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ भने अन्य ९ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सन्धिखर्क नगरपालीका ७ डिहिडाडाका वर्ष ५६ का शिवलाल भट्टराई , सोही ठाउकै वर्ष ५४ का बलराम भट्टराई , डिहिडाडाकै वर्ष २२ कि माया पुरी,सनपा ७ की वर्ष ८ कि मोनिका खड्का , कपिलवस्तु चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत , भुमिकास्थान नगरपालीका ९ ढिकुरा ठुलोडेवा बस्ने वर्ष २७ का शैलेस थापा, सनपा. १० का छवीलाल गैरे, गुल्मी धुर्कोट गाउँपालीका २ का सशस्त्र प्रहरी जवान राज कुमार महत, सबारी चालक कपिलवस्तुका ३६ वर्षिय बसन्त भनिने ओम बहादुर थापा सितगंगा नगरपालीका २ का वर्ष ३८ को सवारी धनी सन्त बहादुर बस्नेत र नाम नखुलेको अन्दाजी ५÷६ महिनाको एक बालक रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

घाइते मध्य ६ जनाको चौराह अस्पताल बुटबल ,९ जनाको भैरहबा मेडिकल कलेज भैरहबा र १ जनाको बि.एण्ड.बि अस्पताल काठमाण्डौमा उपचार भैरहेको जनाईएको छ । यस्तै घाईते २ जना सामान्य उपचार पछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस बुधबार अपराह्न साढे ३ बजेतिर दुर्घटना भएको थियो । बस सडकबाट झण्डै ३०० मिटर तल खसेको छ । साँघुरो घुम्तीमा बस मोड्नेक्रममा दुर्घटना भएको प्रारम्भीक अनुमान गरीएकोे हो ।

पुरा विवरण सहित हेर्नुहोस्

मिति २०७६।०८।११ गते अं.१५;४५ बजेको समयमा जिल्ला अर्घाखांची सन्धिखर्क न.पा.६ सल्लेरी स्थित सन्धिखर्क बुटवल सडक खण्डमा सन्धिखर्क बाट बुटवल तर्फ जादै गरेको लु २ ख २१४८ नं.को बस एक्कासी बाटो बाट अं.३०० मिटर तल खस्न गई दुर्घटना भएको भन्ने खबर प्राप्त हुन साथ यस.का.बाट प्र.ना.उ.प्रकाश बिष्टको कमाण्डमा ३५ जनाको टोलि खटि गएको ।
निम्न
मृत्यु हुनेहरुमा:
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५६ को शिवलाल भट्टराई ।
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष २२ कि माया पुरी ।
नाम नखुलेको ५/६ महिनाको बालक ।
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५४ को बलराम भट्टराई ।
जिल्ला कपिलवस्तु चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत ।
जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने ठुलोडेवा बस्ने वर्ष २७ को शैलेस थापा ।( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )
जिल्ला अर्घाखाँची स.न.पा. १० बस्ने छवीलाल गैरे ।
जिल्ला कपिलवस्तु बस्ने अं.३५/३६ वर्ष बसन्त भन्ने ओम बहादुर थापा (चालक)
जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं.२ बस्ने अं. वर्ष ३८ को सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत) । (सवारी धनी ) (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने वर्ष अं.८/९ कि मोनिका खड्का ।
जिल्ला गुल्मी धुर्कोट गा.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत । (स.प्र.बल २७ नं. गण रुपन्देहीमा कार्यरत )
(मृत्यु हुनेहरुमा अन्य ८ जनाको सनाखत हुन बाँकी, शव जिल्ला अस्पताल सन्धिखर्कमा रहेको )

घाईते हुने हरुमा

चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :
जिल्ला अर्घाखाँची स.न.पा.५ वाङला बस्ने वर्ष ४२ को विष्णु बहादुर अधिकारी- अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।
जिल्ला अर्घाखाँची स.न.पा. बस्ने वर्ष ६०/६५ को नन्द बहादुर बि.क.- अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।
जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष ३ को रिजन कुँवर, खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।
जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं.६ खाँचीकोट बस्ने वर्ष १ को गणेश पुरी, टाउकोमा चोट, अवस्था- मध्यम ।
जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष २३ कि सपना कुँवर, गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।
नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।

भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-
जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४१ को कृष्ण बि.क., चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।
जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ को विष्णु बि.क., दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।
जिल्ला अर्घाखाँची भु.न.पा.९ डेवा बस्ने वर्ष २५ को जिवन बि.क., अवस्था- समान्य ।
जिल्ला अर्घाखाँची स.न.पा. ५ वाङला बस्ने वर्ष ३७ को हुम बहादुर अधिकारी, ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।
जिल्ला अर्घाखाँची स.न.पा.८ बस्ने वर्ष ३२ को कमल मुखिया , अवस्था- सिरियस ।
जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष २३ को सरस्वती भट्टराई दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।
जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष १५ को अंकीत थापा, टाउकोमा चोट, अवस्था- मध्यम ।
जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष ३ वर्षको स्पर्ष पोखरेल – टाउकोमा चोट, अवस्था- मध्यम ।
जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष २४ कि विमला पोखरेल, ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)

बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ
जिल्ला दाङ राप्ति गा.पा.९ बस्ने बर्ष ३३ को प्रशान्त सुबेदी, टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।

अन्य घाईते
जिल्ला अर्घाखाँची स.न.पा. १ बस्ने वर्ष ३ कि एन्जल भट्टराई- टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा जिल्ला अर्घाखाँची स.न.पा.२ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।
जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को लोकनाथ पाण्डे –हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)
सुचना अधिकारी
प्रहरी निरीक्षक
( प्रकाश खत्री )
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

source- जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.