नरपानी बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै परिचय खुल्यो (विवरण सहित)

श्याम घिमिरे
मंसिर १२ अर्घाखाँची –

नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै परिचय खुलेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का ३८ बर्षिय सन्तबहादुर बस्नेत र चालक गुल्मी मदाने गाउँपालीका २ हाल रुपन्देही भैरहवा बस्ने बसन्त भनिने बर्ष ३२ का ओमबहादुर थापा सहित १९ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका –७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान नगरपालीका–९ का शैलेश थापा, भु.न.पा १० का छविलाल गैरे, गुल्मी धुर्काेट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत, कपिलवस्तु चप्परगाउँकी २७ बर्षिय सीता बस्नेत, वाणगंगा नगरपालिका ७ का ३ महिने सिशु सोभाकर पोख्रेल, सन्धिखर्क २ की ५९ वर्षीया सिताकुमारी सार्की, भूमिकास्थान ९ की ५० वर्षीया सिता घिमिरे, भूमिकास्थान ९ कै ५० वर्षीया विष्णुमाया गैरे, भूमिकास्थान ७ का ५१ वर्षीय मेघनाथ भण्डारी जैसी, शितगंगा १ की १५ वर्षीया मञ्जु विक, छत्रदेव ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा ७ का ४८ वर्षीय लोकबहादुर दर्जी, शितगंगा ७ कै ५५ वर्षीय हरिबहादुर दर्जीको परिचय खुलेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ६ जनाको चौहारा अस्पताल बुटवल, ९ जनाको भैरहवा मेडिकल कलेज भैरहवा र एक जनाको बि.एण्ड.बि.अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ । दुई जना भने उपचार पछि घर फर्किएको अर्घाखाँचीका सहायक प्रजिअ बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस बुधबार दिउँसो करीब साढे ३ बजे दुर्घटना भएको हो ।

यसैबिच हिजो भएको सड्क दुर्घटनाप्रति राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य,रामजी घिमिरे, सन्धिखर्क नगरपालीका प्रमुख कमल भुसाल उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,भुमिकास्थान नगर प्रमुख रेशम थापा,छत्रदेब गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्य,सचिब ठाकुर कुमार बिक,नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान,राजमो अध्यक्ष थम्मन केसी,समाजबादी पार्टी नेपालका संयोजक जिन्दक खड्का , अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,चेम्बरका अध्यक्ष अशोक कुमार श्रेष्ठ,देउराली यातायात अर्घाखाँची प्रालिका प्रबक्ता गोबिन्द बन्जाड,े होटल तथा रेष्टुरेन्ट व्यबसायी समितिका महासचिब बिष्णु बन्जाडे लगायतले शोक वक्तव्य जारी गरी दुर्घटनमा परि दिबंगत भएकाहरुप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबार जनप्रति गहिरो सम्बेदना प्रकट गर्नु भएको छ । यस्तै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको छ । हाम्रो तर्फबाट पनि मृतकप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिबारजनप्रति गहिरो सम्बेदना र घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.