सबारी दुर्घटना न्युनिकरण सम्बन्धि सर्बपक्षिय बैठक सम्पन्न,पहिलो पटक छानबिन समिति गठन ( निर्णयहरू सहित)

This image has an empty alt attribute; its file name is 78237450_822222848228817_7121222816636076032_n.jpg

श्याम घिमिरे
मंसिर १३ अर्घाखाँची –

अर्घाखाँचीको नरपानीमा गत बुधबार भएको दुःखद दुर्घटना र समग्र जिल्लाको यातायात व्यवस्था सुधार सम्बन्धी सुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।


प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल र सहायक प्रजिअ बिष्णुराज बेल्बासेलकोे सहजिकरणमा सम्पन्न बैठकले सबारी दुर्घटना,दुर्घटनाको कारण र न्युनिकरणका उपायहरुको बारमा महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बैठकमा प्रदेश सांसद राजजी प्रसाद घिमिरे,जि.स.स.प्रमुख पिताम्बर शर्मा, ,सन्धिखर्क नगरप्रमुख कमल भुसाल,उपप्रमुख ठाकुर कुमार बिक, बिभिन्न राजनितिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,ट्राफिक प्रहरी,उद्योगी,व्यवसायी,पत्रकार,यातायात व्यवसायी लगायत सरोकारवाल निकायहरुको उपस्थिति रहेको थियो । आशा छ यी निर्णयहरू पुर्णरूपमा कार्यान्वयन हुनेछन् ।

बैठकले गरेका निर्णयहरू–
१. बैठकले घटनाप्रति दुख्ख व्यक्त गर्नुको साथै शोक प्रकट , घाइतेको उपचार र स्वास्थ्यलाभको कामना गरेको छ ।
२. दुर्घटना भएको १३ औं दिनको दिन अर्थात यही मंसिर २३ गते साँझ दुर्घटनामा परि दुखद निधन भएका ब्यक्तिहरूको सम्झनामा शान्ती बगैचामा दिप प्रज्वलन गर्ने ।
३.दुर्घटनाको कारण पत्ता लगाउन र समाधानका उपायहरु खेज्न सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गरेको छ । जसले १५ दिन भित्रमा प्रतिबेदन सार्वजनिक गर्ने ।
४.जिल्लाका सबै प्रमुख बाटाहरु सुधारगर्न र दुर्घटना न्यूनिकरण गर्न के गर्नु पर्ला भन्ने बिषयमा बिस्तृत बिबरण तयारगर्न जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको संयोजकत्वमा सुझाब समिती गठन भयो । समितिले ३ महिना भित्रमा सुझाब संकलन गरी प्रतिबेदन तयार गर्ने ।
५. जिल्लामा रहेका सबै यातायात प्रालिहरुले १५ दिन भित्र चालक, सहचालक र गाडी धनिलाई पहिलो चरणको प्रशिक्षण÷ तालिम दिने ।
६. सिघ्र सडक स्तरोन्नति र सुधारको लागि ३ तहका सरकार र सम्बन्धित निकायहरुमा पत्राचार गर्ने ।
७.सडक दुर्घटना न्यूनीकरण गर्नकोलागी बिभिन्न जनचेतनामुलक कार्यक्रम सन्चालन तथा प्रचारप्रसार गर्ने ।
८. सडकको भारबहन क्षमता अनुसार मालबाहक गाडीहरुलाई रुट प्रमिट दिन यातायात कार्यालयलाई अनुरोध गर्ने ।
९. मौजुदा नीति नियमको प्रभावकारी पालना गरी ट्राफिक नियमलाई कडाईका साथ लागुगर्ने ।
१०.बैकल्पीक बाटोको प्रयोग गर्ने जस्ता महत्वपुर्ण निर्णयहरु गरेको छ । जसलाई कार्यान्वयन गर्न सरोकारवाला सबैको सकारात्कम सहयोगको आबश्यकता पर्ने देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.