मालारानी ३ मा उत्साहजनक रुपमा मतदान जारी ।

Image may contain: 6 people, people standing, sky and outdoor

श्याम घिमिरे
मंसिर १४, अर्घाखाँची –
अर्घाखाँचीको मालारानी गाँउपालीका वडानं ३ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ । दिउँसो ३ बजेसम्म २ हजार ८७ मत (६९.३१ प्रतितशत) खसेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो । जसमध्य ९८८ पुरुष र १०९९ महिला मतदाताहरुले मतदान गरेको बताईएको छ । निर्वाचनको लागि वडाका २ स्थलमा ४ मतदान केन्द्र तोकिएको छ । जस अन्तरगत आदर्श माबि खनदह स्थलमा क,ख र सुन्दरा आधारभुत बिद्यालय सापडाँडामा क,ख मतदान केन्द्र गरि जम्मा ४ वटा मतदान केन्द्र रहेका छन् । चार केन्द्रकोलागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् ।

Image may contain: 2 people, outdoor

मतदाताले बिहान ७ बजेदेखिनै लाईनमा उभिएर अनुशासीत ,मर्यादित ,व्यबस्थित र शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । मतदान शान्तिपूर्ण बतातारणमा जारी रहेको छ । वडामा ३ हजार ११ मतदाता रहेका छन् । जसमध्य आदर्श माबि स्थलमा १६२० र सुन्दरा आधारभुत बिद्यालयमा १३९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Image may contain: 9 people, including Birendra Kc, Premnarayan Acharya, Laxman Ghimire LX, Binod Gaire, Uttam Bhusal Bhola and Sagar Mahat, people smiling, people standing and outdoor
Image may contain: 1 person, standing and outdoor

निर्वाचनकोलागी नेपाल प्रहरी १७६ , शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ गरी जम्मा ३२० जना सुरक्षाकर्मीहरु मतदान स्थलको सुरक्षाको लागि खटिएको र सुरक्षा व्यबस्था कडा पारीएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । मतदान बेलुकी ५ बजेसम्म जारी रहने मतदान अधिकृत बिक्रम थापाले बताउनुभयो । मतदान सकिएपछि मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरी संभवत आज साँझबाटै गणना सुरू हुने बताईएको छ ।

Image may contain: 1 person, standing, sky, outdoor and nature

वडा अध्यक्ष पदकोलागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ । गत २०७४ को स्थानीयतहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट बिजयी वडाध्यक्ष जीवन कुमार चौहानको सडक दुर्घटनामा निधन भएपछि खनदहमा उपनिर्वाचन हुन लागेको हो ।

Image may contain: one or more people, sky, mountain, outdoor and nature

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.