मालारानी ३ मा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न, ७३.८९ प्रतितशत मतदान


श्याम घिमिरे
मंसिर १४, अर्घाखाँची –

अर्घाखाँचीको मालारानी गाँउपालीका वडानं ३ मा उत्साहजनक रुपमा मतदान कार्य सम्पन्न भएको छ । साँझ ५ बजे सम्पन्न निर्वाचनमा २ हजार २ सय २५ मत (७३.८९ प्रतितशत) खसेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो । जसमध्ये १००१ पुरुष र १२२४ जना महिला मतदाताहरुले मतदान गरेका हुन । निर्वाचनको लागि वडाका २ स्थलमा ४ मतदान केन्द्र तोकिएको थियो । जस अन्तरगत आदर्श माबि खनदह स्थलमा क,ख र सुन्दरा आधारभुत बिद्यालय सापडाँडामा क,ख मतदान केन्द्र गरि जम्मा ४ वटा मतदान केन्द्र रहेका थिए ।

मतदाताले बिहान ७ बजेदेखिनै लाईनमा उभिएर अनुशासीत ,मर्यादित ,व्यबस्थित र शान्तिपूर्ण रूपमा मतदान गरेका हुन । मतदान शान्तिपूर्ण बतातारणमा सम्पन्न भएको प्रजिअ पौडेलले बताउनुभयो । ३ हजार ११ मतदाता मध्ये आदर्श माबि स्थलमा १६२० र सुन्दरा आधारभुत बिद्यालयमा १३९१ मतदाता रहेका थिए, जसअनुसार आदर्श माबिमा ११६९ र सुन्दरा आधारभुत बिद्यालयमा १०५६ जना मतदाताले मतदान गरेको पौडेलले बताउनु भयो ।

मतदान सकिए संगै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरी मतगणना कार्य सुरू हुने बताईएको छ । वडा अध्यक्ष पदकोलागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ । गत २०७४ को स्थानीयतहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट बिजयी वडाध्यक्ष जीवन कुमार चौहानको सडक दुर्घटनामा निधन भएपछि खनदहमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.