Monthly Archives: December 2019

भ्रमण बर्ष संगै पर्यटकिय एवं धार्मिक संम्पदाहरुको संरक्षणमा जुट्नुपर्छ– प्रदेशसभा सदस्य क्षेत्री(तस्बिर सहित)

श्याम घिमिरेपौष १५ अर्घाखाँची-पाँच नम्वर प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले भ्रमण बर्ष संगै अर्घाखाँची जिल्लामा रहेका पर्यटकिय एवं धार्मिक संम्पदाहरुको संरक्षण गरी जिल्लालाई देश तथा बिदेशमा चिनाउन सबै लाग्नुपर्ने बताउनु भएको छ । पशुपति अन्नपूर्णा आश्रम काठमाण्डौबाट जिल्लाको मालारानी गाउँपालिकामा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल मालारानी मन्दीरलाई मंगलवार पन्चधातुको घण्ट हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै क्षेत्रीले यस्तो बताउनु भएको हो

Read more

पुस १५ गते सार्वजनिक बिदा

पुस १३ पोखरा – गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिने भएको छ । आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको छ ।  पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

Read more

पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अबसरमा बिरामीहरुलाई हर्लिक्स बितरण

अशोक चौहानपौष १२ अर्घाखाँची – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई अर्घाखाँचीले पुनर्निर्माण प्राधिकरण स्थापना दिवसको अबसर पारी सनिवार अर्घाखाँची अस्पतालका बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित हर्लिक्स बितरण गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा पुनर्निर्माण प्राधिकरण अर्घाखाँचीका प्रमुख शैलेन्द्र यादब, जिल्ला अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारी ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्ट , शसस्त्र प्रहरी बलका

Read more

अर्घाखाँचीमा सन नेपाल लाईफ ईन्स्योरेशन कम्पनि लिमिटेडको बिमा जागरण अभियान सम्पन्न ।

श्याम घिमिरेपौष १० अर्घाखाँची –सन नेपाल लाईफ ईन्स्योरेशन कम्पनि लिमिटेडको आयोजनामा बिहिबार सन्धिखर्कमा बिमा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । शिब बेल्बासेको सन्चालनमा सम्पन्न कार्यक्रममा कम्पनीका महा–प्रबन्धक कमलराज गौतम, ब्राण्ड एम्बेसडर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कुन्दना घिमिरे सुन्तली, सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल लगायतले मनतब्य राख्नु भएको हो । कार्यक्रममा अर्घाखाँची उप–शाखाका

Read more

गौतमबुद्ध अन्तराट्रिय क्रिकेट रंगशाला जनताको सहयोगबाट बन्छ –सीताराम कट्टेल धुर्मुस

श्याम घिमिरेपुस १० अर्घाखाँची –धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराट्रिय क्रिकेट रंगशाला केही महिना भित्रैमा सम्पन्न हुने बताएका छन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहिबार आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एकीकृत नमुना बस्ती जस्तै निर्धारीत समयमै रंगशाला सम्पन्न हुने बताए । उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक÷एक ओटा कक्ष

Read more
« Older Entries