उपनिर्वाचनको सबै नतिजा सार्वजनिक नेकपा ३० र काँग्रेस १३ स्थानमा विजयी

श्याम घिमिरे १६ मंसिर –
मंसिर १४ गते ५२ पदका लागि भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन,गाउँपालिका उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार चार, राजपा उम्मेदवार तीन, राष्ट्रिय जनमोर्चाका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र २४ वडाअध्यक्ष जितेको छ । प्रतिनिधिसभाको कास्की क्षेत्र नं २ मा नेकपाका उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । प्रदेशसभाको दाङ क्षेत्र नम्बर तीन (ख) मा नेकपा उम्मेदवार विमलाकुमारी खत्री विजयी हुनुभएको छ । प्रदेशसभाको बाग्लुङ क्षेत्र नं २ (ख) मा साझा वाम गठबन्धनबाट उम्मेदवार राजमाको खिमबिक्रम शाही बिजयी हुनुभएको छ । तीन गाउँपालिका अध्यक्ष संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरामा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । नेकपाले विभिन्न पालिकाका २४ वडाध्यक्ष जितेको छ ।

नेपाली काँग्रेसले प्रदेशसभा सदस्य एक, उपहानगरपालिकाको प्रमुख एक र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । प्रदेशसभा अन्तर्गत भक्तपुर एक (क) मा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल विजयी हुनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.