नागरीक समाज अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न, देशमा साच्चीकै लोकतन्त्र आउन नसकेको नागरीक समाजका अगुवा डाक्टर केसीको टिप्पणी (तस्बिर सहित)


श्याम घिमिरे
मंसिर २१ अर्घाखाँची –

राजनीतिक विश्लेषक तथा नागरीक समाजका अगुवा डाक्टर सुरेन्द्र केसीले देशमा लोकतन्त्रको स्थापना भएपनि साच्चीकै लोकतन्त्र आउन नसकेको बताउनु भएको छ । केसीले राजनितिक दलहरुले जनतामा भनेजस्तो काम गर्न नसकेकोले पछिल्लो समय जनतामा नैराश्यता उत्पन्न भएको बताउनु भयो । नागरीक समाज अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशनको सनिबार सन्धिखर्कमा उद्घाटन गर्दे केसीले यस्तो बताउनु भएको हो । केसीले देशमा पछिल्लो समय निषेधको राजनिति गर्न खोजीएको भन्दै यसले भबिश्यमा दुरगामी असरपार्ने कुरामा जोड दिनुभयो । जनताको पक्षमा आबाज उठाउदा आफुहरुलाई प्रतिगामीको आरोप लगाउनेहरुलाई केसीले के गरेमा क्रान्तिकारी भईन्छ भन्दै प्रश्न समेत गर्नु भएको थियो । नेपाली जनता कसैको दासी नभएको बताउदै डा.केसीले देशको सबै परीबर्तनमा नागरीक समाजको महत्वपुर्ण भुमिका रहेको दाबि समेत गर्नुभयो ।

अधिवेशनले नन्दलाल (नमराज) पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय नागरिक समाज अर्घाखाँचीको गठन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद पन्थि,सचिव लेखनाथ भण्डारी ,सहसचिव मानबहादुर बिक र कोषाध्यक्षमा प्रतिभा केसी चयन हुनु भएको छ । यस्तै समितिको सदस्यहरूमा खिमु गिरि,कृष्णदेबि बस्नेत ,कासिनाथ पौडेल,श्याम घिमिरे ,घनश्याम पौडेल,दिवाकर अधिकारी,खिम बहादुर केसि,पुर्ण कँुवर र मन्जु क्षेत्री चयन हुनुभएको छ भने ३ स्थान रिक्त राखिएको छ ।

यसैबीच अधिवेशनले कृष्णप्रसाद बन्जाडे, केबि भुसाल,बुद्विराम गैरे,हिमबहादुर राना,शिबनाथ श्रेष्ठ ,कुलराज खनाल ,हेमराज भुसाल ,दुर्गाप्रसाद अधिकारि र हुमप्रसाद चुँदालिलाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । कार्यक्रम समाजका अध्यक्ष नन्दलाल पोख्रेलको अध्यक्षता,दिवाकर अधिकारीको स्वागत मनतब्य र पुरन पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल ,मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,नेकपा प्रतिनिधि भोजबहादुर गन्धर्व ,परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल अधिबक्ता केबि भुसाल ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि,लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता नेत्रप्रसाद भट्टराई ,राजमो नेता जिबनारायण खनाल,समाजबादि पार्टीका मनिष सिंह,राप्रपाका नेता सम्सुधिन मिया लगायत नागरिक समाजको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका अध्यक्ष पोख्रेलले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष प्रतिभा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.