Monthly Archives: December 2019

कोहलपुरमा अनिश्‍चितकालीन कर्फ्यु

मंसिर २२, २०७६ नेपालगञ्ज : एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ।  ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो। 

Read more

कोहलपुर तनाव ग्रस्त– डिएसपीसहित दर्जन बढी घाइते

मंसिर २२, २०७६ काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिका घाइते भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपुर–१० की प्रकृति चन्द घाइते भएसँगै त्यहाँ तनाव बढेको हो । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका

Read more