कोहलपुर तनाव ग्रस्त– डिएसपीसहित दर्जन बढी घाइते

मंसिर २२, २०७६ काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिका घाइते भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपुर–१० की प्रकृति चन्द घाइते भएसँगै त्यहाँ तनाव बढेको हो ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ । घटनामा केही विद्यार्थी समेत घाइते भएका छन्। घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। source:ehimalayatimes

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.