प्रकाश सचेतन समुह (प्राग)को १२ औं अधिवेशन सम्पन्न , मानबअधिकारको क्षेत्रमा कामगर्ने कुरा कठिन भएको नजिर मियाँको भनाई (तस्बित सहित)

श्याम घिमिरे
मंसिर २४ अर्घाखाँची –

संबिधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नजिर मियाँले मानबअधिकारको क्षेत्रमा कामगर्ने कुरा अत्यन्तै कठिन भएपनि यसको प्रभाबले समाजमा सकरात्मक परीबर्तन आएको बताउनुभएको छ । सामाजीक बिभेद्को अन्त्य र मानब अधिकारको संरक्षण र सम्बद्र्धनको क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु गर्दे आईरहेको प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको १२ औं अधिवेशनको मंगलबार सन्धिखर्कमा उद्घाटन गर्दे मियाँले यस्तो बताउनु भएको हो । मियाँले समाज परीबर्तनमा जिल्लामा प्रागको महत्वपुर्ण भुमिका रहेको बताउदै प्रागले गर्ने गतिबिधिले जिल्लालाई देशमै चिनाउन सक्षम भएकोको बताउनु भयो ।

Image may contain: 5 people, people standing

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरले मानब अधिकार, सरसफाई लगायतका महत्वपुर्ण क्षेत्रहरुमा प्रागले जिल्लामा अहम भुमिका निर्बाह गरेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल ,युएनहेबिट्याडका जिल्ला संयोजक शिबराज न्यौपाने,प्रागका पुर्ब अध्यक्षहरू मोतिलाल खनाल,चन्द्रकान्त आचार्य,सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी ,अन्तर पार्टी महिला सन्जाल अध्यक्ष छमकुमारि खनाल,भगवती माबिका शिक्षक बिजुला रायमाझी ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि,गैरसरकारी संस्था महासंघका अध्यक्ष ठाकुर अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Image may contain: one or more people, people sitting and indoor

कार्यक्रममा संस्थालाई स्थापना समय देखी सहयोग गर्ने संस्थाका पुर्ब अध्यक्षहरू,कर्मचारी ,बिद्यालयसरसफाइ कार्यक्रममा सहयोय पु¥याउने सहयोगि शिक्षकहरूलाई सम्मान समेत गरिएको थियोे । कार्यक्रम संस्थाका अध्यक्ष बाबुराम शर्माको अध्यक्षता,शुसिला गैरेको स्वागत मनतब्य र प्रेमनारायण गैरेको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 7 people, including Laxmi Narayan Chudali and Neupane Shivaraj

यसैबिच अधिबेशनले पुनः बाबुराम शर्माको अध्यक्षतामा ९ सदस्यीय प्राग अर्घाखाँचीको गठन गरेको छ । जसको उपाध्यक्षमा लालमणि भुसाल, सचिवमा छमकुमारि थापा चिनारि र कोषाध्यक्षमा शुशिला गैरे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा क्रमशः भोज बहादुर गन्दर्भ,कविता घिमिरे,दिपा आचार्य,हिम बहादुर जि.सि .लेकाली र नजिरमहमद मियाँ चयन भएको प्रागले जनाएको छ ।

Image may contain: 7 people, including Neta Bhusal, Kamal Prasad Bhusal, Premnarayan Gaire and Thakur Kumar BK, people smiling
Image may contain: 4 people, including Neupane Shivaraj, people standing and indoor
Image may contain: 5 people, people standing
This image has an empty alt attribute; its file name is 78653784_564892280739934_1607733351270055936_n.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.