साना किसान कृषि सहकारी संस्था समाजबादको बाटोमा – राष्ट्रिय सभा सदस्य खड्का

नबिन के.सी मंसिर २४ अर्घाखाँची – देशलाई सम्बृद्धिको यात्रामा अगाडि बढाई समाजबादको बाटोमा सहकारी संस्थाहरु हिडेको राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताउनु भयो । प्रगतिशिल साना किसान कृषि सहकारी संस्था मालारानी १ र २ को दोस्रो साधारण सभालाई उद्धघाटन गर्दै खड्काले महिला दिदि बहिनीहरु साना किसान कृषि सहकारी संस्थाहरुले व्यबाहारमा समाजबाद लागु गरेको बताउनु भयो । ‘हामिले समाज बाद संबिधानमा लेखेका छौ । साना किसान सहकारी संस्थाहरुले लागु गर्नु भयो । एक डेड बर्षमा सामूहिक कार्यको भावना जागरुक हुनु सकारात्मक रहेको छ ।

प्रदेश सभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सहकारी मार्फत आयआर्जन मूलक कार्यको लागी अनुदानको व्यबस्था गरेको भन्दै सहकारी मार्फत उत्पादन र बजारीकरण गर्नु पर्नेमा जोड दिनु भयो । ‘ निर्बाचनको बेला जनता सामु गरेका प्रतिबद्धताहरु पुरा गर्र्दै गएका छौ । मालारानी २ र ३ को लागी कोदाले डाडाकटेरी खानेपानी योजना ९ करोडको लागतमा सम्पन्नको चरमा रहेको छ । रिडि सुर्खेत सड्कको ८ करोडको काम देउराली देखी काम सुरुवात हुने छ ।

किसानहरुको उत्पादनलाई बजारीकरण गर्नको लागी मालारानी गाउँपालिकाले हाटबजार र कोशेली घर सञ्चालन गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । महिला दिदी बहिनी मिलेर सहकारी स्थापना गरेको नमुना काम गरेकोमा वडा नम्बर २ का वडा अध्यक्ष बिष्णुप्रसाद भुसाल बिनोदले धन्यबाद दिनु भएको थियो ।

कार्यक्रममा केन्द्रिय सहकारी संघका कार्यक्रम अधिकृत बसन्त अर्यालले सहकारीले गाउँमा परिर्बतन गर्ने गरि कार्यक्रम सुरुवात गरेको भन्दै कार्यक्रमलाई कार्यन्वयन गर्न र कृषि कर्जालाई सहि सदुपयोग गरि आम्दानी गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै फिलड प्रशिक्षक उमा भुसालले महिला दिदी बहिनीहरुले दुई बर्षको अबधिमा फड्को मारेको र नेतृत्व समेत बिकाश गरेको र सहकारीलाई निरन्तर सफल बनाउन सबैको सहयोग खाचो रहेको बताउनु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.