नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरिय प्रर्यटन प्रबर्द्रधन समितिको बैठक सम्पन्न ।


हिम जिसी लेकाली
मंसिर २५ अर्घाखाँची –

नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरिय पर्यटन प्रवर्द्धन समितिको बैठक बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा पर्यटन प्रबर्द्धन समितिका संयोजक पिताम्वर शर्माको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले भ्रमण वर्ष २०२० सम्पन्न गर्नकालागि प्रदेश सरकार संग कार्यक्रमको प्रस्तावना पेश गर्ने भएको छ ।

जस्को निम्ति डिभिजन वन अधिकृत शिव प्रसाद शर्माको संयोजकत्वमा पिताम्वर खनाल , महिला नेत्री छमकुमारि खनाल , जेष्ठ नागरिक समाजका निम बहादुर रिजाल , अशोका ट्रावल्सका शाखा प्रबन्धक सुदिप खनाल , अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक श्रेष्ठ ,र पत्रकार महासंघका अध्यक्ष हिम लेकाली रहेको ७ सदस्यीय कार्यक्रम तर्जुमा उप समिति गठन गरेको छ ।

यसैबिच समितिको आजै बैठक बसि पर्यटन प्रबर्द्धनका लागि आवश्यक पर्ने प्रचार प्रसार ,सूचना सन्चार ,सांस्कृतिक तथा पर्यटकिय मेला महोत्सव सन्चालन लगायतका कार्यको लागि आवश्यक पर्ने अनुमानित बजेट र कार्यक्रमको खाका समेत मुल समिति समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । उप समितिको बैठकले पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउन जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकाका पदाधिकारी सहितको बैठक यथासिघ्र राख्न मुल समितिलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामिको संयोजकत्वमा ,शेषकान्त ओसन र होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष , मोहन सिहं ठकुरि रहेको ब्रोसर निर्माण उप समिति गठन समेत गरेको छ । समितिले जिल्लामा रहेका धार्मिक , सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको खोजी सहित तिनिहरूको चिनारि दिने गरि ब्रोसर तयारिको खाका मुल समिति समक्ष पेस गर्ने बताईएको छ ।

पर्यटन प्रबर्द्धन समितिका सदस्य सचिव एवं जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्तको सन्चालनमा सम्पन्न बैठकमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू पर्यटन क्षेत्रमा योगदान दियका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.