शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक सम्बन्ध भएमा मात्रै शिक्षाको गुणस्तर वृद्धि हुन्छ – समन्वय प्रमुख आचार्य


माधब खनाल सन्धिखर्क एफएम
मंसिर २९ प्युठान –

जिल्ला समन्वय समिति प्युठानका प्रमुख केसबराज आचार्यले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताएका छन । आइतबार भानुभक्त माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ३ बर्बोटको ४५औं बार्षिक उत्सव तथा १२औं अभिभावक भेलाको उदघाट्न गर्दै आचार्यले यस्तो बताए । उनले शिक्षा क्षेत्रमा बिद्यालयले उल्लेखनीय योगदान पु¥याएको भन्दै बिद्यालयको खुलेर प्रसंशा समेत गरे ।

मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले बिद्यालयको समग्र बिकासमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत शोभारामा रिजाल, मल्लरानी गाउँपालिका शिक्षा प्रमुख दिनामणी पौडेल, वडानम्बर ३ का वडाअध्यक्ष गिरीराज पौडेल, राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद श्रेष्ठ, नेकपाका ईमानसिंह भारती, नेपाली काँग्रेसका अम्मर प्रसाद भण्डारी, नेपाल शिक्षक महासंघका डालिन्द्र बुढाथोकी,सारदा माविका शिक्षक कुलराज पौडेल, शिक्षाबिद् दुर्गाबहादुर कँुवर, बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष बुद्ध बहादुर जिसि, अक्षयकोष दाता बोदिप्रसाद पोख्रेल, बिद्यार्थी रितु भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिद्यालयका प्र.अ चक्रपाणि पौडेलले आर्थिक प्रतिवेदन पेस गरेको कार्यक्रममा बिद्यालयको समग्र बिकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना र बिद्यालयका पुर्व शिक्षक डिलाराम पौडेललाई सम्मान गरीएको हो । यसैबिच बिद्यालयमा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थी र अतिरिक्त कृयाकलामा बिजय हुनेलाइ पुरस्कार बितरण समेत गरीएको बिद्यालयले जनाएको छ । यस्तै अभिभावक भेलाले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व समेत चुन्ने जनाईएको छ । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका कार्यवाहक अध्यक्ष फन बहादुर पुनको अध्यक्षता व्यवस्थापन समितिका सदस्य डिलाराम पौडेलको स्वागत मनतब्य र शिक्षक धन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.