अर्घारजस्थल माविको ४५ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस सम्पन्न, शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नुपर्ने नगरप्रमुख भुसालको भनाई (तस्बित सहित)

Image may contain: 6 people

श्याम घिमिरे
मंसिर २९ अर्घाखाँची –

सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्र शिक्षाको गुणस्तरमा वृद्धि हुने बताएका छन । भुसालले सामुदायिक बिद्यालयहरुको समग्र बिकासकोलागी नगरपालीका सधैभरी लागी पर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन । सन्धिखर्क नगरपालीका ९ अर्घामा रहेको अर्घारजस्थल माविको ४५ औं बार्षिकोत्सब तथा अभिभाबक दिवसलाई आईतबार सम्बोधन गर्दे भुसालले यस्तो बताएका हुन । सामुदायीक बिद्यालयमा राज्यले ठुलो रकम लगानी गरेको कारण, लगानी अनुसारको प्रतिफल आउनुपर्नेमा भुसालले जोड समेत दिए । यस्तै भुसालले सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नुपर्ने बताए ।

Image may contain: 3 people, outdoor and food

नगर उपप्रमुख ठाकुर कुमार विकले शिक्षाले समाज परिबर्तनमा अहम भुमिका खेल्ने भएकोले व्यबहारीक र बैज्ञानीक शिक्षा मार्फत देश बिकासमा लाग्नुपर्ने बताए ।

Image may contain: 6 people, people smiling, people standing

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बहादुर रायमाझी (क) को अध्यक्षता, शिक्षक निरज भट्टराईको स्वागत मन्तब्य र शिक्षक बल बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडानम्वर ९ का वडाअध्यक्ष देबबहादुर रायमाझी, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष राजु नेपाली, रामबहादुर रायमाझी (ख),पुर्व प्रधानाध्यापक शालिकराम भुसाल लगायतले शुभकामना मनतब्य राखेका थिए । यस्तै कार्यक्रममा बिद्यालयका प्र.अ. छविलाल चँुदालीले बिद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Image may contain: 6 people, including Ganesh Khanal, people standing

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य केवी भुसाल, नेपाली काँग्रेसका सभापति झविन्द्र खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडानम्बर ९ अर्घाका अध्यक्ष तुल्सिराम रायमाझी,राष्ट्रिय जनमोर्चाका मित्रलाल आचार्य, स.न.पा.९का वार्ड सदस्यहरु,समाजीक व्यक्तित्व सरोज भुसाल,युबा ब्यबसायी काजिमान रायमाझी, समाजसेबी पदम भुसाल स्थानिय संघ संस्थाका प्रतिनिधि, शिक्षक,पुर्ब बिद्यार्थी लगायत स्थानिय अभिभाबकको उल्लेखनिय उपस्थिती रहेको थियो ।

Image may contain: 3 people, people standing

कार्यक्रममा गत शैक्षिक सत्रको बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र अतिरिक्त कृयाकलामा बिजयीहासील गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरीएको शिक्षक बलबहादुर रायमाझीले जानकारी दिए ।

Image may contain: 8 people, people smiling
Image may contain: 5 people, people standing
Image may contain: one or more people, crowd and outdoor
Image may contain: 16 people, people smiling, people sitting
Image may contain: 5 people, people smiling, people standing
Image may contain: 6 people, people standing and food

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.