पिसाबलाई हिसाबमा रूपान्तरण गरौ भन्ने मुलनारा सहित बायोचार र मानव मलमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिम सम्पन्न ।

श्याम घिमिरे
पौष १ अर्घाखाँची –

पिसाबलाई हिसाबमा रूपान्तरण गरौ भन्ने मुलनारा सहित बायोचार र मानव मलमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिमको सोमबार समापन भएको छ । सन्धिखर्क नगरपालीका ८ पकलेमा रहेको जनता कृष्ण माबिमा सनिवारबाट सुरू भएको तालिममा स्थानीय कृषक,बिद्यालयका बिद्यार्थी र शिक्षक गरी करीब ८० जनाको सहभागीता रहेको थियो । तालिममा मानबको पिसाब संकलन र प्रयोग सम्बन्धी प्रयोगात्मक कक्षा र बायोचारका लागि आबश्यक बनस्पतिजन्य पदार्थ संकलन कार्य समेत गरीएको हो ।

मानब पिसाबलाई ब्यबस्थीत रुपमा प्रयोग गर्दा उत्पादनमा ब्यापक बृद्धि हुने र जैबिक अंगार अर्थात बायोचार प्रयोगगर्दा माटोमा जैबिकता बृद्धि भई प्राङ्गरीक मलको क्षमता बढ्ने भएकोले माटोले पानी सोस्ने क्षमता ६ गुणा बृद्धि हुने प्रशिक्षहरुको भनाई रहेको छ । तालीमकोे सहजीकरण श्रीरेन्द्र प्रकाश पोख्रेल,सन्धिखर्क नगरपालीका कृषि प्रमुख राजेन्द्र भट्टराई र जनता कृष्ण माबिका शिक्षक जनक बस्यालले गर्नुभएको थियो । यस अघि सनिबार एक कार्यक्रमका बिच सनपा उपप्रमुख ठाकुर कुमार बिकले तालीमको उद्घाटन गर्नुभएको शिक्षक जनक बस्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.