नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको १० औं जिल्ला सभा सम्पन्न,अध्यक्षमा पौडेल चयन (तस्बिर सहित)


श्याम घिमिरे
पौष १ अर्घाखाँची –

नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १० औं जिल्ला सभा सोमबार सन्धिखर्कमा सम्पन्न भएको छ । सभाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । जसको निबर्तमान अध्यक्ष पिताम्बर बन्जाडे,बरीष्ठ उपाध्यक्षमा दोर्ण प्रसाद भुसाल,उपाध्यक्ष राजेन्द्र भुसाल, सचीव कुशल भुसाल,कोषाध्यक्ष श्रीकृष्ण भुसाल,सहसचिव सहयोगी बिसि र सहकोषाध्यक्षमा सुनिता बेल्बासे चयन हुनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा क्रमशः कृष्ण प्रसाद बन्जाडे,लिलाराम गौतम, नेत्र प्रसाद भुसाल,शान्ता खत्री ,चुरामणी भुसाल ,बिजुला रायमाझी ,लक्ष्मण पोखरेल ,शारदा रायमाझी र यज्ञ पराजुली रहनुभएको छ । यस्तै दशांै जिल्ला सभाले कमल प्रसाद भुसाल ,ठाकुर कुमार बिक, प्रमिला क्षत्री , लक्ष्मी गौतम ,जगन्नाथ भुसाल ,हिम जिसी लेकाली, मुकुन्दराज आचार्य र बिष्णु प्रसाद भुसाललाई संस्थाको सल्लाहकारमा मनोनयन समेत गरेको छ ।

यस अघि सभाको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले क्यान्सर रोगका कारण धेरैले ज्यान गुमाउनु परेको भन्दै क्यान्सर रोग र यसको रोकथामको बारेमा समाजमा चेतना फैलाउन आबश्यक रहेको बताउनु भयो । भुसालले यस्ताखाले पबित्र कार्यलाई नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,सनपा २ का वडा अध्यक्ष मोतीजंग रायमाझी वडानम्बर ३ का वडाअध्यक्ष लिलाराम गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्दै क्यान्सर रोग बाट धेरैले ज्यान गुमाउनु परेको भन्दै क्यान्सरको बारेमा सचेतनामुलक कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा संस्थालाई बिभिन्न क्षेत्रबाट सहयोग गरेको भन्दै सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, सनपा ८ हाल काठमाडौं निवासी दुर्गा प्रसाद भुसाल र नेपाल पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष हिम जिसि लेकालीलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता उपाध्यक्ष दोर्ण भुसालको स्वागत मनतब्य र सचिब कुशल भुसालको संचालनमा सम्पन्न भएको हो । सेबा नै धर्म हो भन्ने उद्धेश्यले २०५८ सालमा स्थापना गरिएको यो संस्थामा हाल १२५ जना आजिबन सदस्य रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.