महासंघले जनप्रतिनिधि, नेता र कर्मचारीका सदस्यता नवीकरण नगर्ने, थपियो शाखाहरुको म्याद

पुस ३,  काठमाडौं । नेपाल पत्रकार महासंघले अब तीनवटै तहमा निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामती कर्मचारी र राजनीतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । गत मंसिर २९ र ३० गते नवलपुरको पिप्रहरमा सम्पन्न केन्द्रीय संगठन समितिको भेलाले उक्त निर्णय गरेको हो ।

महासंघको गोरखा पूर्ण बैठकमा प्रस्तुत भई संगठनात्मक भेलामा प्रस्तुत गरी पारित गर्ने निर्णय भएको ‘पत्रकार महासंघको नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरण सम्बन्धी कार्यविधि निर्देशिका २०७६ पारित गर्दै उक्त निर्णय गरेको हो । महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन यस्तो निर्णय गरिएको हो ।

पारित कार्यविधि निर्देशिका तथा विधानको व्यवस्थाका आधारमा आगामी पुस मसान्तभित्र शाखामार्फत नयाँ सदस्यताको आवेदन लिइसक्ने निर्णय गरिएको छ । माघ १५ गतेसम्म शाखाले अनुमोदनका लागि प्रदेश समितिमा शिफारिस गरी पठाउने र प्रदेश समितिले फागुन १५ सम्म केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ । केन्द्रले अभिलेखीकरण गरेपछि मात्रै नयाँ सदस्यता कार्यान्वयन हुने र सदस्यता नवीकरणको हकमा पनि सोही बमोजिम हुने महासचिव रमेश विष्टमहासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघको गत साधारणसभाबाट पारित विधानको व्यवस्थाअनुसार महासंघका तीनवटै तहको निर्वाचन प्रत्यक्ष निर्वचन प्रणालीमार्फत् गर्नुपर्ने भएकाले हाल कार्यरत जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुको म्याद केन्द्रीय समितिको कार्यकाल रहेसम्म रहने निर्णय गरिएको छ । त्यसैगरी पछिल्ला दिनमा पत्रकारिताको सिलसिलामा विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण, धम्की र कुटपिटका घटना बृद्धि भएकोप्रति भेलाले गम्भीर चिन्ता व्यक्त गरेको छ । पत्रकारको सुरक्षामा गम्भीर बन्न र प्रेस स्वतन्त्रता विराधी कार्यमा संलग्न दोषीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याई घाइते पत्रकारहरुको उपचार व्यवस्था गरी क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग पनि भेलाले गरेको छ ।

राज्यका तीनै तहबाट सञ्चारसम्वन्धी कानून र संरचना निर्माण गर्दा पत्रकार महासंघसहितका सरोकारवाला निकायसँग पर्याप्त छलफल र सहमति बिना निर्माण भइरहेको तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने प्रावधानहरु राखिएकाले भेलाले सचारसम्वन्धी कानून र संरचना निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य र मान्यता एवम् संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अनुकूल हुनेगरी सरोकारवालाहरुसँंग छलफल र सहमति गरेर ल्याउन माग गरेको छ ।

संसदमा विचाराधीन विवादास्पद मिडिया काउन्सिल विधेयकमा सुधारका लागि महासंघले लिखित सुझाव प्रस्तुत गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा महासंघले प्रस्तुत गरेको सुझावमा प्रेस काउन्सिललाई थप स्वायत्त र स्वतन्त्र बनाइनु पर्ने, न्याय क्षेत्रका व्यक्ति काउन्सिलको प्रमुख नेतृत्व हुनुपर्ने, पत्रकार आचारसंहिता उल्लंघनमा कुनै पनि दण्ड, जरिवाना वा क्षतिपूर्तिका प्रावधान राख्न नहुने तथा काउन्सिलमा सरकारको कुनै पनि हस्तक्षेप हुन नहुने र पत्रपत्रिका वर्गीकरण गर्ने जस्ता काम काउन्सिलबाट अलग गर्नुपर्ने लगायतका प्रस्तावहरु रहेका छन् । महासंघले प्रस्तुत गरेका सुझावलाई समेटेर मात्रै विधेयक अघि बढाउन भेलाले माग गरेको छ ।

हालै सार्वजनिक भएको पत्रपत्रिका वर्गीकरणको नतिजा सन्दर्भमा भेलाले पत्रकारहरुहरुले लामो समयदेखि चलाएका स्वरोजगारमूलक पत्रपत्रिकाको हित र प्रवद्र्धनका पक्षमा काउन्सिलको भूमिका रहनुपर्ने ठहर गरेको छ । पत्रपत्रिका वर्गीकरणका सन्दर्भमा आएका असन्तुष्टि र गुनासाहरुलाई पुनरावलोकनमार्फत् पुनर्मूल्याकन गरी सम्बोधन गर्न भेलाले काउन्सिललाई आग्रह पनि गरेको छ । यसैगरी वर्गीकरणको सवालमा पत्रकारहरुबाट भएको आन्दोलनका सन्दर्भमा प्रेस काउन्सिल नेपाल र आन्दोलनरत पक्षबीच वार्ता र सम्वादको माध्यमबाट सहमति खोज्न पनि भेलाले आव्हान गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय संगठन समितिका सदस्यहरु एवम् प्रदेश अध्यक्षहरुको सहभागितामा रहेको थियो । भेलाको अध्यक्षता संगठन समितिका संयोजक एवम् महासंघका महासचिव रमेश विष्ट र सञ्चालन संगठन समितिका सहसंयोजक एवम् सचिव रामप्रसाद दाहालले गर्नुभएको थियो ।  भेलाले पूर्वी नवलपरासीका देवचुली, मौलाकालिकासहित नारायणी किनारमा रहेका पर्यटन तथा धार्मिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र विकासका लागि विशेष योजना तय गर्न सरकारसमक्ष आग्रह गरेको छ । भेलाले आतिथ्यता गर्ने नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखालाई हार्दिक धन्यवाद ज्ञापन पनि गरेको छ ।source:dainikonline.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.