शिवमदन मावि अडगुरी सतिनेटाको ४९ औँ वार्षिकउत्सव समारोह (फोटो फिचर)

घनश्याम पौडेल,सन्धिखर्क एफएम
अर्घाखाँची, १ पुस । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले प्राविधिक शिक्षाको महत्व बढ्दै गएको बताएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नंं. ७ अडगुरीमा रहेको श्री शिवमदन माध्यमिक विद्यालयको ४९ औ वार्षिक उत्सवको उद्धघाटन गर्दै घिमिरेले प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिई कार्ययोजना बनाएर अगाडी बढाएको बताए ।

उनले शिवमदन माविमा सञ्चालन भएको प्राविधिक तर्फको कृषि अध्ययनलाई प्रभावकारी बनाउँन प्रदेशबाट गतवर्ष ३६ लाख विनियोजन गरी प्रविधीमैत्री बनाउँन सहयोग पु¥याएको बताए ।

पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले अभिभावक, विद्यार्थी र शिक्षक सबैको सहकार्यबाट मात्रै विद्यालयलाई गुणस्तरीय बनाउँन सकिने बताईन ।

कार्यक्रममा अक्षयकोषदाता डा. मोहन पन्थी, सन्धिखर्क वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर आचार्य, पाणिनी ७ का वडा सदस्य टोपकला कव्दार, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष मेगबहादुर गोदार, विद्यालय व्यवस्थापन समिती सदस्यहरु टोपबहादुर बलाल, श्रिधर महत्रा, स्थानिय तुल्सीराम पौडेल, पत्रकार घनश्याम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष मनिराम आचार्य, अभिभावक गिता अधिकारी, भृकुटी आधारभुत विद्यालयका प्रतिनिधी जयराम घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

२०२७ सालमा स्थापना भएको विद्यालयले २०६७ सालदेखि कृषि प्राविधिकको सुरुवात गरेको हो । विद्यायका प्रअ राजेन्द्र पौडेलले विद्यालयको प्रगती पतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक स्थितीको बारेमा जानकारी गराएका थिए ।

गतवर्ष अर्घाखाँची जिल्लामै कक्षा १२ तर्फ उत्कृष्ट नम्बर ल्याई सामुदायीक विद्यालयतर्फ जिल्ला प्रथम हुने जिवनोद्वार मावि वाङ्गलाकी सन्दिपा रानालाई नगद १५ हजार, प्रमाणपत्रले सम्मान गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मानबहादुर घलको अध्यक्षता, शिक्षक सीता बन्जाडेको सञ्चालन र शिक्षक कृ्ष्णप्रसाद खनालको स्वागतमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.