१३ औँ सागमा स्वर्ण बिजेता कमल श्रेष्ठलाई जिल्लामा भब्य स्वागत

बसन्त श्रेष्ठ छापेली पौस २ अर्घाखाँची – १३ औँ दक्षिण यसियाली खेलकुद तेक्वान्दो पुम्सेमा स्वर्ण पदक बिजेता कमल श्रेष्ठलाई जिल्लामा भब्य स्वागत गरिएको छ । सन्धिखर्क नगरपालिका १२ डिभर्ना डाडा घर भई हाल नेपाल पुसिल क्लव काठमाण्डौमा कार्यरत श्रेष्ठले सागमा २३ देखि २९ वर्ष को पुम्सेमा स्वर्ण पदक जितेका थिए । श्रेष्ठले तेक्वान्दोकै समुहगत बिधामा कास्य पदम समेत हात पारेका हुन । 

कमल श्रेष्ठ गृह जिल्ला अर्घाखाँची आएसँगै जिल्लामा सम्मान र स्वागत गर्नेको ओइरो लागेको हो । आइतवार जिल्लामा डिभर्ना सनपा १२ का स्थानीय तथा खेल प्रेमीले स्वागत गरेका थिए ।अर्घाखाँची उद्योग बाणिज्य संघ र त्रिशक्ती युवा क्लबले कमल श्रेष्ठलाई सम्मान सहित सन्धिखर्क बजारमा बाजा गाजा सहित बजार परिक्रमा गराएको थियो । 

Image may contain: 7 people, including Laxman Parajuli, people sitting, people standing and indoor

कार्यक्रममा उद्योग बाणिज्य संघ जिल्ला अध्यक्ष युवराज श्रेष्ठ लगायतले श्रेष्ठलाई स्वागत सहित सम्मान गरेको हो । 

Image may contain: one or more people, people sitting, people standing and indoor

त्यस्तै सन्धिखर्क नगरपालिका १२ झेडीमा त्रिशक्ती युवा क्लब र नेपाल मिडिया नेतवर्कले भब्य सम्मान गरेको छ । कार्यक्रममा क्लवका संरक्षक नारायण प्रसाद श्रेष्ठ, अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल मिडिया नेटवर्कका अध्यक्ष बसन्त श्रेष्ठ, खेल प्रशिक्षक रामबहादुर बि.क लगायतले श्रेष्ठको बिजयले सिंगो नेपाल, प्रदेश ५ र जिल्लाको गौरव बढेको बताएका थिए । 

Image may contain: 4 people, including Kamal Shrestha, people standing and outdoor

यस्तै जिल्ला तेक्वान्दो महासंघ र लंका यातायात प्रालीले पनि सम्मान गरेको  छ । कार्यक्रमा सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष युवराज बञ्जाडे, संघका अध्यक्ष बिष्णु परियार, लंका यातायातका कृष्णप्रसाद भुसाल लगायतले सम्मान गर्दै खेलकुदले नेपालको शिर उचो भएको बताउनुभएको थियो । यस्तै कमल श्रेष्ठलाई लंका यातायातले आजीवन यातायात क्षेत्रमा निशुल्क यात्रा गर्न दिने निर्णय समेत गरेको छ । 

Image may contain: 1 person, standing, crowd and outdoor
Image may contain: 6 people, people standing and outdoor
Image may contain: 6 people, including Duman Thapa and Kamal Shrestha, outdoor
Image may contain: 4 people, including Parbata Shrestha, crowd and outdoor
Image may contain: 13 people, outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.