नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको अधिवेशन सम्पन्न, सभापतिमा कुसल भुसाल

श्याम घिमिरे पौष ५ अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको ३० औं साधारण सभा तथा अधिवेशन सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले कुशल भुसाललाइ सभापतिमा सर्वसम्मत चयन गरेको छ । जसको उपसभापतिमा कैलाशकुमार श्रेष्ठ , महिला उपसभापति राधा नेपाली, मन्त्री चन्द्र प्रसाद बन्जाडे, कोषाध्यक्ष तुल्सिराम पौडेल ,उपमन्त्री हरि बहादुर केसी र उप कोषाध्यक्षमा नवराज रायमाझी चयन भएका हुन । यस्तै समितिको सदस्यहरुमा क्रमशःकमल घिमिरे ,सहयोगी बिसि , हरिप्रसाद दमासे, मणिराम अधिकारी ,कृष्ण अधिकारी ,छमा कार्की ,शारदा खनाल बिक, प्रभा पाण्डे पोखरेल, बुद्धिराम गैरे र बिष्णु प्रसाद पराजुली सहित १७ सदस्यीय जिल्ला समिति अर्घाखाँचीको निर्विरोध रुपमा चयन गरीएको हो ।

Image may contain: 9 people, people standing

यस अघि अधिवेशनको उद्घाटन गर्दे प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले रेडक्रसले जनताको घर दैलोमा पुगी सेवा गरेको बताए । घिमिरेले रेडक्रसका सिद्धान्तहरुलाई आत्मसाथगरी अगाडी बढ्नुपर्नेमा जोड समेत दिए ।

Image may contain: 1 person

रेडक्रसका कार्यवाहक सभापति कमल घिमिरेको अध्यक्षता, सदस्य राधा नेपालीको स्वागत मनतब्य र उपसभापति कैलास कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा मन्त्री चन्द्रप्रसाद बन्जाडेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तुल्सि पौडेलले आर्थिक प्रतिबेदनन पेश गरेका थिए ।

Image may contain: 7 people, including Janardan Khanal, people sitting and indoor

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ५ का अध्यक्ष शम्भुप्रसाद पोख्रेल, नेकपा नेता जनार्दन खनाल, नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान, राष्ट्रिय जनमोर्चाका नेता जिबनारायण खनाल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, रामबाण गुल्मका गुल्मपति सुमन थापा, शशस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी, प्रमुख अनुसन्धान अधिकृत बिनय चर्तुबेदि लगायतको उपस्थिती रहेको थियो ।

Image may contain: 2 people, people sitting and indoor

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दे दलबहादुर केसी, ईन्द्रबहादुर क्षेत्री, मोतिजंग रायमाझी, नारायणप्रसाद अर्याल, पिताम्वर रायमाझी, टंकप्रसाद पोख्रेल लगायतलाई सम्मान गरिएको थियोे । त्यस्तै कार्यालय व्यवस्थापक ठाकुर अधिकारी, उत्कृष्ट शाखाको रुपमा छत्रगन्ज उपशाखाका उपसभापति प्रकाश ज्ञवालीलाई समेत सम्मान गरिएको रेडक्रसले जनाएको छ ।

Image may contain: 4 people, people sitting and indoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.