अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण तथा पाँचौं अधिबेशन सम्पन्न, अध्यक्षमा भुसाल निर्वाचित


श्याम घिमिरे
पौष ६ अर्घाखाँची –

आर्थिक बिकाश र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नारा सहित अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिबेशन सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको संस्थाका अध्यक्ष एवं मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले ब्यान बाचन र खुत्रुकेमा पैसा राखी उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मनतब्य राख्दै अध्यक्ष आचार्यले सहकारीको माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला बचत संघकि उपाध्यक्ष पार्बता भुसाल,जेष्ठ नागरिकहरु लाल बहादुर रिजाल ,नन्द बहादुर आचार्य ,राम प्रसाद पौडेल ,कुलचन्द्र मरासिनी ,नारायण प्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियोे । यस्तै कार्यक्रममा २०७५ को एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने संस्थागत र सामुदायिक विद्यालयका ६ जना शेयर सदस्यका छोरा छोरीका अभिभावकलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो । अधिवेशनले दोर्ण प्रसाद भुसालको अध्यक्षतामा ९ सदस्यीय सन्चालक समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्यक्षमा बाबुराम शर्मा, सचिबमा बिष्णु प्रसाद बस्याल र कोषाअध्यक्षमा जगनाथ भुसाललाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा पुष्पा न्यौपाने , अशोक खनाल ,बिष्णु प्रसाद आचार्य ,नेता भुसाल,र कल्पना पोख्रेल रहनुभएको छ ।

अधिवेशनले लेखा उपसमिति ,धितो मुल्यांकन उपसमिती, ऋण उपसमिती ,शिक्षा उपसमिति ,सूचना तथा सञ्चार उपसमिति र महिला उपसमितिको समेत गठन गर्नुको साथै ८ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । नवगठित समितीलाई निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य ,सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चँुदाली र चिरञ्जीवी वस्यालले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता, द्रोण भुसालको स्वागत मनतब्य र निवर्तमान सचिव कबिराम खनालको सन्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.