अर्घाखाँची इसाई समाजको आयोजनामा ख्रिष्टमस डे तथा नयाँ बर्ष सन् २०२० को अबसरमा शुभकामना आदान प्रदान सम्पन्न, देशभित्रका सम्पुर्ण धर्मालम्बीहरु देश बिकासमा लाग्नुपर्ने प्रदेश सांसद घिमिरेका भनाई (तस्बिर सहित)

श्याम घिमिरे पुष ७ अर्घाखाँची –

धार्मिकताले राष्ट्रलाई माथि उचाल्छ भन्ने मुख्य सन्देश सहित अर्घाखाँची इसाई समाजको आयोजनामा ख्रिष्टमस डे तथा नयाँ बर्ष सन् २०२० को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै ५नंम्वर प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले देशभित्रका सम्पुर्ण धार्मिक संस्था लगायत बिभिन्न धर्मालम्बीहरु मिलेर देश बिकासमा लाग्नुपर्ने बताउनु भयो ।

घिमिरेले धर्म मान्ने कुरा व्यक्तिको अधिकार भएकोले धर्म निरपेक्ष घोषणा गरेको अबस्थामा धर्मको प्रचारप्रसार गर्दे हिड्नु राम्रोकाम नभएको भन्दै पछिल्लो समय प्रतिगामी शक्तिहरु हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ भनेर लागेको आरोप लगाउनुभयो । नेकपाका नेता समेत रहेका घिमिरेले धर्मनिरपेक्षताको एजेन्डा कम्युनिष्ट पार्टीहरुको एजेन्डा भएकाले यसलाई पुर्णरुपमा लागुगर्नुपर्ने बताउनु भयो । उहाँले जुन धर्म मानेपनि मुटुमा राष्ट्रियता हुनुपर्नेमा जोड समेत दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल भुसाल ,उपप्रमुख ठाकुर बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,भारत नागालैण्डका शिक्षा सहायक निर्देशक पास्टर डा.बिष्णु फिलिव,राष्ट्रिय ख्रिष्ट्रयान महासंघका केन्द्रीय सचिब बिष्णु परियार ,सनपा १ का वडाअध्यक्ष सुबराज बन्जाडे,वडा सदस्य लक्ष्मण पराजुली ,नेकपाका नेता जर्नाजन खनाल,समाजबादी पार्टीका जिल्ला ईन्चार्ज नेत्रबहादुर थापा मगर,साझापार्टीका हरीप्रसाद भुसाल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

कार्यक्रम समाजका जिल्ला अध्यक्ष प्रतिज्ञा सारुको अध्यक्षता,मनिष सिंहको स्वागत मनतब्य र जेबि दर्लामिको सन्चालनमा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 80059412_443614719663211_3681834248907522048_n.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.