अपाङ्ग भएका बालबालीकाहरुको उपचार र पुनस्र्थापनामा विकलाङ्ग मित्र समुहको उल्लेखनिय भुमिका

श्याम घिमिरे पौष ९ अर्घाखाँची –अपाङ्ग भएका बालबालीकाहरुको उपचार र पुनस्र्थापनाको क्षेत्रमा विकलाङ्ग मित्र समुहले उल्लेखनिय भुमिका निर्बाह गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र,सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा मंगलबार सन्धिखर्कमा सम्पन्न बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा मनतब्य राख्दै ५ नम्बर प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले दिगो बिकास लक्ष्य प्राप्तीको निम्ती संस्थाले गरेको कामको उच्च मुल्यांकन गर्नुपर्ने भन्दै राज्यले गर्नुपर्ने काम केन्द्रले गरेकोमा खुलेर प्रशंसा समेत गरे ।

कार्यक्रममा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल पत्रकार प्रेमनारायण आचार्य लगायतले शुभकामना मनतब्य राख्दै संस्थाको थप प्रगतिको कामना गरे । यस्तै कार्यक्रममा सभमागी अपाङ्ग भई उपचार गराई रहेका र उपचारपछी निको भएका बालबालीकाहरुका अभिभाबकहरुले पनि आफ्ना छोराछोरीले नयाँ जिबन पाएको भन्दै उपचार र परामर्श कार्यमा सहयोग पु¥याउने विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताललाई मुक्तकण्ठले प्रसंशा समेत गरेका थिए ।

विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता सुजिता थिङ र नारायण भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सक्षम परीयोजना अर्घाखाँचीका जिल्ला सुपरभाईजर लेखनाथ आचार्य ,कार्यक्रम व्यबस्थापक गोबिन्द चौधरी र उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।

तिन बर्षको अबधिमा परीयोजनाबाट जिल्लामा ३५५ जना बालबालीकाहरु प्रत्यक्षरुपमा लाभाम्बीत भएको परीयोजनाका जिल्ला सुपरभाईजर लेखनाथ आचार्यले जानकारी दिए । जिल्लामा हाल सम्म ९४ जना बालबालीकाहरुको सल्यक्रिया गरीएको छ भने यो बर्ष मात्रै २७ जना बालबालीकाहरुको सल्यक्रिया गरीएको उनले बताए । यस्तै यो बर्ष ७८ जना बालबालीकासहीत ३७५ जना बालबालीकाहरुलाई सहायक सामाग्री बितरण गरीएको आचार्यले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is 80447198_820003145088960_6809406326930669568_n.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.