आज डिसेम्बर २५ : 'क्रिसमस डे' मनाइँदै

पुस ९, काठमाण्डाै – आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।

नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । काठमाण्डाैकाे ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा आज विशेष कार्यक्रम हुँदै छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.