गौतमबुद्ध अन्तराट्रिय क्रिकेट रंगशाला जनताको सहयोगबाट बन्छ –सीताराम कट्टेल धुर्मुस


श्याम घिमिरे
पुस १० अर्घाखाँची –
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराट्रिय क्रिकेट रंगशाला केही महिना भित्रैमा सम्पन्न हुने बताएका छन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहिबार आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एकीकृत नमुना बस्ती जस्तै निर्धारीत समयमै रंगशाला सम्पन्न हुने बताए ।

उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक÷एक ओटा कक्ष निर्माण भइरहेको समेत जानकारी दिए । तर, त्यसका लागि हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर पनि उनले गरे । उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति चितवन आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए । धुर्मुसले अन्तराष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने र नेपाली जनताको सहयोगबाट बन्ने विश्वकै नमूना र पहिलो रंगशाला भएको समेत बताए ।

यसैबिच धुमुर्स सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको क्रिकेट रंगशालालाई अर्घाखाँचीबाट पनि सहयोग जुट्ने भएको छ । सहयोग रकम जुटाउन युवा व्यबसायी कृष्ण भुसालको संयोजकत्वमा ३५ सदस्यीय रंगशाला निर्माण सहयोग समितिको गठन गरीएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.