भ्रमण बर्ष संगै पर्यटकिय एवं धार्मिक संम्पदाहरुको संरक्षणमा जुट्नुपर्छ– प्रदेशसभा सदस्य क्षेत्री(तस्बिर सहित)


श्याम घिमिरे
पौष १५ अर्घाखाँची-
पाँच नम्वर प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले भ्रमण बर्ष संगै अर्घाखाँची जिल्लामा रहेका पर्यटकिय एवं धार्मिक संम्पदाहरुको संरक्षण गरी जिल्लालाई देश तथा बिदेशमा चिनाउन सबै लाग्नुपर्ने बताउनु भएको छ । पशुपति अन्नपूर्णा आश्रम काठमाण्डौबाट जिल्लाको मालारानी गाउँपालिकामा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल मालारानी मन्दीरलाई मंगलवार पन्चधातुको घण्ट हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै क्षेत्रीले यस्तो बताउनु भएको हो । काँग्रेसको तर्फबाट प्रदेश सभामा सचेतक समेत रहनुभएकी क्षेत्रीले नेपाल भ्रमण बर्षको पुर्ब सन्ध्यामा यसप्रकारको कार्यक्रमले भ्रमण बर्षको सार्थकता प्रदान गरेको भन्दै भ्रमण बर्षको सुरुवात मालारानीबाटै भएको आफुले महसुस गरेको बताउनु भयो ।

मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले संस्थाले गरेको पबित्र कार्यको प्रसंशा गर्दे आगामी दिनहरुमा संस्थाबाट अझै सहयोगको आशा गरेको बताउनु भयो ।


पशुपति अन्नपूर्णा आश्रमका संरक्षक तथा राष्ट्रिय समाजसेबि प्रा.डा. जगदिश बैद्यले जिल्लाको प्रेरणाले मन्दीरमा आई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताउनु भयो । उहाँले आफुहरुले देशका बिभिन्न देवालय,शिवालय,मठमन्दीर र गुरुकुलमा सहयोग गरीरहेको भन्दै आबश्यकताको आधारमा जिल्लाका अन्य ठाँउहरुमा पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । नेपाल सरकारबाट राष्ट्रिय समाजसेबि पदमा सम्मानित समेत हुनुभएका बैद्यले आफुहरु अहिंसाबादी भएकोले सबैलाई अहिंसाबादी बन्न आग्रह गर्नु भयो ।


मन्दीर व्यवस्थापन समितिका अध्यक्ष रेमबहादुर राना मगरको अध्यक्षता,सचिब खुबिराम घिमिरेको स्वागत मनतब्य र खिमानन्द खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रममा रिपोर्टर्स क्लब ५ नम्बर प्रदेश प्रमुख रामकुमार क्षेत्री, पशुपति अन्नपूर्णा आश्रमका प्रदेश ५ प्रमुख कृष्ण नेपाल लगायतले मनतब्य राख्नुभएको हो ।

कार्यक्रममा मालारानी गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्री,स्थानिय वडाका वडाअध्यक्षहरु ,नेकपा नेता जर्नाजन खनाल,संस्थाका केन्द्रीय बरीष्ठ उपाध्यक्ष सजनी प्रदान,महासचिब ईन्दीरा जोसी,पुरषोत्तम अर्याल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is 81396826_473886313506752_8340047489138688000_n.jpg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.