पितृसतात्मक सोच हाबि हुनको कारण महिलाहरु पीडित हुने गरका छन –राजमो केन्द्रिय सदस्य थापा


माधब खनाल पौष २४ अर्घाखाँची –

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले पितृसतात्मक सोच हावी हुनाले देशमा महिलाहरु पिडित भएको बताउनुभएको छ । बुधबार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ भुमिकास्थान नगरपालिका १ को प्रशिक्षण भेलालाई सम्बोधन गर्दे थापाले यस्तो बताउनु भएको हो । देशमा हुने गरेका हरेक परिवर्तनकारि आन्दोलनमा महिलाको उल्लेखनीय सहभागिताको कारण देशमा धेरै कुराहरुको परिवर्तन आएको प्रष्ट पार्नुभयो ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघकी जिल्ला सचीव कल्पना पोख्रेलले आफ्नो अधिकार प्राप्त गर्नको लागि पितृसत्तात्मक सोचलाई तोड्नु नै आजको मुख्य आबश्यकता भएको बताउनु भयो । कार्यक्रमा राजमो जिल्ला सदस्य मेघराज खनाल,अखिल नेपाल शिक्षक संघका हिमलाल खनाल, अखिल नेपाल महिला संघकि कोषाध्यक्ष मिना बिसी, भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल लगायतले प्रशिक्षाणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अखिल नेपाल महिला संघकि वडाअध्यक्ष खुमा बेल्बासेको अध्यक्षता र सचीव शान्ता खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.