अतिक्रमित भूमी फिर्ताको माग गर्दै शान्ति समाजले बुझायो ज्ञापनपत्र

सन्धिखर्क एफएम
पौष २४ अर्घाखाँची
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आँच आउने काम गरेको भन्दै समाजले बिहिवार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र पठाएको हो ।

Image may contain: 5 people, including Ashok Poudel, Premnarayan Acharya, Krishna Pariyar and Laxman Ghimire LX, people standing

नयाँ राजनीति नक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै शान्ति समाजले ध्यानाकर्षण पत्र बुझाएको समाजका अध्यक्ष अशोक पौडेलले बताए । यस संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई आग्रह सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बिहिबारनै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । समाजले राष्ट्रियता मानबअधिकार लगायत बिभिन्न बिषयहरुमा जिल्लामा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ ।

Image may contain: text

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.