अर्घाखाँचीका गाउँगाउँमा सिडियो, जिल्लालाई अपराधमुक्त बनाउने प्रतिबद्धता (तस्बिर सहित)

श्याम घिमिरे पौष २९ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल जिल्लाका बिभिन्न गाउँटोलहरुमा पुगी जनातहरुसंग प्रत्यक्षरुपमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गरीरहनु भएको छ । सोही क्रममा जिल्लाको भुमिकास्थान नगरपालीकाको ढाकावाङ्ग पिपलनेटामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि गरीने प्रबद्र्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ पौडेलले अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने बताउनु भएको हो ।

Image may contain: 2 people, people standing and outdoor

पौडेलले जिल्लामा अपराधजन्य क्रियाकलाप र शान्ति सुरक्षा खलबलिने प्रकारले कोही कसैले गतिबिधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरीने समेत बताउनु भयो । कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिष्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजान आफुहरु लागीपरीरहेको बताउनुभयो । कार्यक्रममा रामवाँण गुल्मका गुल्मपती सुमन थापा, सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, २ का वडाअध्यक्ष बुद्धि थापा लगायतले मन्तव्य राख्दै अपराधजन्य कृयाकलापलाइ निर्मुल पार्न सबै लाग्नुपर्नेमा जोड दिनु भयो ।

पछिल्लो समय प्रजिअ पौडेलले जिल्लाका बिभिन्न क्षेत्रहरुमा अनुगमन कार्यलाई तिब्रता दिनुभएको छ । यस्तै प्रजिअ पौडेलको नेतृत्वमा जिल्ला स्थीत सुरक्षा समितिको टिमले पनि जिल्लाका बिभिन्न स्थानहरुमा पुगि अनुगमन र अन्तरक्रिया कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईएको पौडेलले बताउनु भयो । अनुगमनको क्रममा वडा कार्यालय, स्वास्थ्य चौकी, बिभिन्न विद्यालयहरु, प्रहरी चौकी, सरकारी तथा गैर सरकारी कार्यालयहरु र स्थानिय जनताहरुसंग समेत प्रत्यक्षरुपमा अन्तरक्रिया तथा छलफल गरिएको पौडेलले जानकारी दिनुभयो ।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको दौरानमा स्थानिय जनताहरुले विद्यालय र स्वास्थ्य चौकीहरुमा प्रयाप्त जनशक्ति नभएको ‘प्रहरी युनिट थप हुन पर्ने, यथार्त भन्दा बढी कायम भएको जग्गाको मालपोत मुल्यांकन घट्नु पर्ने, जग्गा नापजाँचको क्रममा विशेष नापीबाट भएको त्रुटिलाई सच्याइनु पर्ने, बिद्यालयमा दरबन्दी अनुसारका शिक्षकहरुको पदपुर्ती गर्नुपर्ने, स्वास्थ्य चौकि र वडा कार्यालयमा रिक्त रहेका कर्मचारीहरुको पदपुर्ती गरीनुपर्ने,बादर आतंकलाई नियन्त्रण गर्न उचित पहल गरीनुपर्ने लगायतका गुनासाहरु राखेको पौडेलले बताउनु भयो । संघियता कार्यान्वयन संगै सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने मुख्य मान्यतालाई आत्मसाथ गरी टोल र बस्तीहरुमा पुगेको प्रजिअको भनाई रहेको छ । जिल्लाका बिकट बस्तीहरुमा प्रत्यक्षरुपमा सिडियो संग भलाकुसारी गर्न पाउदा अत्यन्तै खुसीलागेको स्थानियको भनाई रहेको छ ।

Image may contain: 4 people, people standing, suit and outdoor
Image may contain: 1 person, standing and crowd
Image may contain: one or more people, people standing, shoes and outdoor
Image may contain: 2 people, people standing, tree and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.