मालारानीमा बोरिङ्ग प्रविधि मार्फत खानेपानी

हिम लेकाली/सन्धिखर्क एफएम
अर्घाखाँची, ४ माघ । अर्घाखाँची जिल्लाका स्थानिय सरकारले चरम खानेपानीको समस्या समाधानका लागी खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडी बढाएका छन ।

जिल्लाको मालारानी गाउँपालिकामा नयाँ प्रविधि बाट पानी निकालिएको छ । पहाडको टाकुरा बाट पानी निकालेपछि स्थानीयवासीहरू हर्षित भएका छन् ।  घेरा मालारानी पर्यटकिय पूर्वाधार मन्दिर उपभोक्ता समिति मालारानी गाउँपालिका वडा नं. ६ द्वारा मालारानीमा पिउने पानी व्यवस्थापनको लागि बोरिङ्ग सञ्चालनको काम सुभारम्भ गरिएको छ ।

मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले पानी निकाल्ने कार्यको शुभारम्भ गरेका हुन। मुक्तिनाथ दिलिप एण्ड कन्सट्रक्सन प्रालि रूपन्देहीले ठेक्कामा पाएको कामको पहिलो चरणको सफल परिक्षण पछि पानी आउने निश्चित भएको छ । उक्त काम सम्पन्न गर्न उच्च प्रविधि सहितको मसिन र प्राविधिक भारतको राजस्थानबाट मालारानीमा ल्याईएको अध्यक्ष आचार्यले बताए ।

माघ १ गते बाट सुरू गरिएको कार्य मालारानी मन्दिर परिसर सडक किनाराबाट सुरू गरिएको थियो । बोरिङ्ग जमिन सतहबाट ३०० मिटर गहिराइमा खन्दा पानी फेला परेको र पानी २ ईन्चको पोलिथिन पाइपमा भरिने गरि निक्लेको रिसर्चमा संलग्न ईन्जिनियर बासु भुसालले बताए । मालारानी गाउँपालिकाले विनियोजन गरेको रकमबाट कार्य सम्पन्न हुने गरी काम अगाडी बढेको उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर बस्नेतले बताए।

पानीलाई व्यवस्थीत गरि मालारानी मन्दिर परिसरमा राखिने र संकलित पानी वडा नं.३ र ६ का जनतालाई पनि वितरण गरिने मालारानी गाउँपालिका सबईन्जिनियर हरिषचन्द्र पाण्डेले बताए ।

नेपाल भ्रमण वर्षको संघारमा गरिएको यो सफल प्रविधिले पिउने पानी पहाडको टाकुराबाट पनि ड्रील गरेर निकाल्न सकिने नयाँ सम्भावना निम्ताएको हो । अब प्राकृतिक सौन्दर्यताले भरियको धार्मिक तथा पर्यटकिय स्थल मालारानी मन्दिरको विकास तथा सिंगो गाउँपालिकाको समृद्धिको लागि पिउने पानीको सफलताले नयाँ गोरेटो कोरेको छ । यसले मालारानीको पर्यटन प्रर्वधन सँगै मालारानीको प्रचारप्रसारका लागी पनि थप टेवा प्रदान गर्ने विश्वास रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.