अर्घाखाँचीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै


श्याम घिमिरे
माघ १० अर्घाखाँची –
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा स्थानीय तहको उल्लेखनीय कृयाशिलता ,योगदान र साझेदारीको उच्च प्रशंसा गर्दै जिल्लाका ६ वटै स्थानीय तहका प्रमुखहरूलाई आज एक कार्यक्रमका बिच प्रशंसा पत्र प्रदान गरीएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहल सन्धिखर्कमा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानिय तह सरकारका प्रमुख तथा प्रतिनिधिहरुलाई संगठनका प्रमुख प्रहरी महानिरीक्षक बाट हस्ताक्षरीत प्रशंसापत्र प्रदान गरीएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले प्रहरीले समुदाय संगको सम्बन्ध र संबादलाई बलीयो ,प्रभाबकारी र निरन्तरता दिनुपर्ने बताउनु भयो । भुसालले समुदाय संगको संबादलाई बलीयो र प्रभाबकारी बनाउन प्रहरीले आफ्नो कामलाई अझ शसक्त ढंगबाट अगाडी बढाउनु पर्ने भन्दै जिल्लामा प्रहरीले गरेको बिभिन्न सकारात्मक गतिबिधिहरुको मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टको स्वागत मनतब्य र प्रहरी नायब निरीक्षक भिमार्जुन अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाणीनि गाउँपालीका उपाध्यक्ष लक्ष्मी गौतम,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नुभएको हो ।


प्रशंसा पत्र बितरण कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, शितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरप्रमुख रेशम बहादुर थापा, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, पाणीनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम मालारानि गाउँपालिका कार्यपालिका सदस्य जुना घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


यस्तै कार्यक्रममा प्रहरी प्रमुख प्रकाश बिष्टले समुदायमा सञ्चालन गरिएका बिभिन्न कार्यक्रमहरु, त्यसका उपलब्धी, र कार्यक्रमले पारेको सकारात्मक प्रभावको बारेमा सहजीकरण समेत गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.