राजमो भुमिकास्थान १ ढाकावाङ्गको बनभोज तथा कार्यकर्ता भेला सम्पन्न


माधब खनाल, माघ ७
सन्धिखर्क एफएम अर्घाखाँची-
राष्ट्रिय जनमोर्चा साविकको ढाकावाङ्ग ६ को भगवती टोल, आदर्श टोल र शिद्धबाबा टोलको संयुक्त आयोजनामा भेला तथा बनभोज कार्यक्रम मंगलबार भुमिकास्थान १ को सिउँडेनिमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा नं १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलाले भगवती टोल, आदर्श टोल र शिद्धबाबा टोल समिति समेत गठन गरेको छ । जस अन्तर्गत भगवती टोलमा जनक खनाल अध्यक्ष रहेको १३ सदस्यीय टोल समिति गठन गरेको छ । जसको उपाध्यक्षमा राधा भुसाल सचीव बुद्धिराम खनाल कोषाध्यक्ष मधु अधिकारी र सदस्य हरुमा मोतीराम खनाल, पुनाराम खनाल, नारायण खनाल, शालिकराम खनाल, प्रेम बैजाली, यमकला खनाल, राम बहादुर नेपाली, गोपाल भुसाल रहनु भएको छ ।

त्यस्तै भेलाले आदर्स टोलमा गोपाल बिकको अध्यक्षतामा ११ सदस्यीय टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा केस बहादुर गमाल, सचिव प्रेम खनाल सहसचिव बिष्णु खनाल, कोषाध्यक्ष कमला खनाल र सदस्यहरुमा प्रदीप घर्ती, चुराबहादुर थापा, टेकबहादुर गमाल, चन्द्रबहादुर गमाल, देवकला खनाल, ऋषि बहादुर गमाल रहनुभएको छ ।

यस्तै शेरबहादुर गमालको अध्यक्षतामा ७ सदस्यीय शिद्धबाबा टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सुमित्रा गमाल, सचिव तिलक गमाल,सहसचिव नरबहादुर गमाल, कोषाध्यक्ष रविता पुन र सदस्यहरुमा शृजना गमाल, चिन्तबहादुर पुन लगायत रहनु भएको छ । कार्यक्रममा भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघका अर्घाखाँची सदस्य हिमलाल खनाल, अखिल नेपाल ट्रेडयुनियन अन्टुकका भुमिकास्थान नगर सचिव युवराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गोपाल बिकको अध्यक्षता प्रेम बैजालिको स्वागत मनतब्य र कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.