सुरक्षाकर्मीको कारबाहीमा परि अफगानिस्तानमा १८ लडाकुको मृत्यु

माघ ६, काठमाण्डौ – अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकु मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकु नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ । त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकु घाइते भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । 

अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकुहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ । त्यही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकुहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.