अडगुरीमा गाउँमै योजना सम्झौता र बैंकखाता सञ्चालन हुदाँ उपभोक्ता खुसी (तस्विर सहित )

अडगुरीमा गाउँमै योजना सम्झौता र बैंकखाता सञ्चालन हुदाँ उपभोक्ता खुसी (तस्विर सहित )

घनश्याम पौडेल
अर्घाखाँची, ९ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीमा सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुदाँ स्थानियलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंकखाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको वडाअध्यक्ष गुनाखर अधिकारीले बताए ।  वडामा गाउँभेला मार्फत बनेका ३३ वटा योजनाको उपभोक्ता समितीहरुले सम्झौता र खाता सञ्चालन गरेका छन, अव योजनाको काम सुरु हुन्छ, वडाअध्यक्ष अधिकारीले भने।

गाउँपालिकामा जान नपरी गाउँमै कार्यक्रम सेवा पाउँदा स्थानिय खुसी भएको बताए । सवैको सहकार्यमा गाउँमै सेवा दिएको स्थानिय तुल्सी पौडेलले बताए । संघियताको प्रत्याभुति दिने गरी गाउँमै सेवा दिएको स्थानियहरु बताउँछन्। गाउँपालिकामा जानुपर्ने काम वडाबाटै हुदाँ समग्र गाउँबासी सुखी भएका छन।

सिंहदरबारको अधिकार गाउँमै आएको महसुस गराउँनका लागी १ दिने उपभोक्ता समितीका योजना सम्झौता, बैँक खाता सञ्चालन गर्ने गरी जनतालाई सहज बनाउँनका लागी कार्यक्रम गरेको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बताए । करिब ७५ प ७५ प्रतिशत योजना सम्झौता भएको छ, बाकी १५/१६ योजना रहेका छन।

योजना शाखाका शोभाखर भुसाल, वडा सचिव नरेन्द पराजुली, प्राविधिक उमानाथ पौडेल प्रकाश भट्टराई, वडा सदस्य टोपकली कप्दार, पदमबहादुर महत्रा, नविन टण्डन लगाएतले जनतालाई सेवा दिएका थिए। ग्लोवल आईएमई बैंक दुर्गाफाट शाखामा योजनाका खाता सञ्चालन गरिएको छ ।

Image may contain: 4 people, including Madhu Paudyal, people smiling, people sitting and indoor
Image may contain: 1 person, standing and outdoor
Image may contain: one or more people and outdoor
Image may contain: 1 person, smiling, standing
Image may contain: 2 people, people sitting

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.