सन्धिखर्क ८ मा अनेमसंघको टोल समिति गठन ।

Image may contain: 8 people, including Mina Bc and Baburam Sharma, people smiling, people standing


श्याम घिमिरे
माघ ११ अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपालीका वडानम्वर ८ को वडा भेला आज किमडाँडामा सम्पन्न भएको छ । अनेमसंघ जिल्ला समिति अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भेलाले तुलसा बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ सनपा ८ को वडा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पार्बता मल्ल, सचिवमा साबित्रा बन्जाडे र कोषाध्यक्षमा शुस्मीता पाण्डे चयन हुनुभएको छ । यस्तै समितिको अन्य सदस्यहरुमा कमला बन्जाडे,कमला सापकोटा,यमकला बन्जाडे,पम्फा राना र सबिता बन्जाडे रहनुभएको छ ।

कल्पना बन्जाडेको अध्यक्षतामा सम्पन्न भेलामा अनेमसंघ जिल्ला कोषाध्यक्ष मिना बिसी सहसचिब लिला भुसाल लगायतले मन्तव्य राख्दै महिलाहरुको सक्षमतामा कमी र पिडकलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसाका घटनाहरु बढेर गएको बताउनुभयो । उहाँहरुले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड समेत दिनु भएको हो । आसन्न फागुनको २ र ३ गते बुटबलमा सम्पन्न हुन गईरहेको राष्ट्रिय सम्मेलनको पुर्ब सन्ध्यामा जिल्लाव्यापी संगठन बिस्तार अभियान सन्चालन गरीएको संघकि जिल्ला कोषाध्यक्ष मिना बिसीले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.