अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउनु गलतः मसाल

११ माघ २०७६, शनिबार काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयलाई गलत ठहर्याएको छ । सापकोटामाथि ब्यक्ति हत्याको आरोप छ । सत्ताको दबाबका कारण उनीविरुद्ध प्रहरीले उजुरी लिनसमेत मानेको छैन ।

सर्वोच्च अदालतले उनीविरुद्ध मुद्दा दर्ता गरेर कानुनी कारबाही गर्न आदेश दिएपनि सरकारले त्यसको वेवास्ता गर्दै आइरहेको छ । ज्यान सम्बन्धी मुद्दाका आरोपी सापकोटालाई सभामुख नबनाउन पीडितहरुलेसमेत बारम्बार प्रदर्शन गर्दै आइरहेका छन् । त्यसप्रकारको पृष्ठभूमिमा उनलाई सभामुख बनाउनु गम्भीर गल्ती हुने मसालको ठहर छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शनिबार जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘नेकपा (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने नेकपाको प्रस्तावलाई गलत मानेको छ र त्यसको विरोध गर्ने निर्णय गरेको छ । उनीमाथि ज्यानसम्बन्धी मुद्दाको आरोप छ । सत्ताको दवावका कारणले नै उनीमाथिको त्यो आरोपको उजुरी समेतलाई प्रहरीले दर्ता गरेको छैन । त्यो गम्भीर प्रकारको कानुन उल्लंघन हो ।

उक्त विषयमा सर्वोच्च अदालतले समेत त्यससम्बन्धी उजुरीलाई दर्ता गरेर मुद्दा चलाउन आदेश दिएको छ । तर सर्वोच्चको त्यो आदेशको पनि पालन भएको छैन । त्यसरी सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सरेर त्यससम्बन्धी न्यायोचित कारवाहीलाई पनि अवरुद्ध गर्ने काम गरिएको छ । त्यसप्रकारको पृष्ठभूमिमा अग्नीप्रसाद सापकोटालाई सभामुखको पदमा निर्वाचित गर्ने कार्य गम्भीर प्रकारले गलत छ र हाम्रो पार्टीले त्यसको विरोध गर्दछ ।’

source:yugdarshan.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.