केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, बिहीबारदेखि पानी पर्न कम हुने

माघ १४, २०७६ मंगलबार काठमाण्डाै – मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक/दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ । 

पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उहाँले बताउनु भयो । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भाेलि देशभरिकै मौसम बदली हुनेछ । मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने उहाँको अनुमान छ ।source:ujyaaloonline 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.