भुमिकास्थान ५ र ६ मा अनेमसंघको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Image may contain: 5 people, people smiling, people sitting and outdoor
Image may contain: 23 people, including Ishwora Pokhrel and Mina Bc, people smiling, people standing and outdoor


श्याम घिमिरे
माघ १४ अर्घाखाँची –

आसन्न फागुनको २ र ३ गते बुटबलमा सम्पन्न हुन गईरहेको सातौं राष्ट्रिय सम्मेलनको पुर्ब सन्ध्यामा जिल्लाव्यापी संगठन बिस्तार अभियान सन्चालन गरीएको राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले मंगलबार भुमिकास्थान नगरपालीकाको वडानम्वर ५को असुरकोट र वडानम्वर ६ को खिल्जीमा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

Image may contain: 10 people, people smiling, outdoor

वडानम्वर ५ को असुरकोटमा सम्पन्न कार्यक्रम लालसरी रानाको अध्यक्षता,पेमा रानाको स्वागत मनतब्य र लक्ष्मी सुनारको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला सचिब कल्पना पोख्रेलको प्रमुख आतिथ्यता रहेकको थियो । यस्तै कार्यक्रमामा राजमो नगर ईन्चार्ज तथा वडाअध्यक्ष तुल्सीराम बेल्बासे,राजमो नेताहरु हिमलाल बन्जाडे,शिब बन्जाडे,रामु सुनार,सरीता थापा लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै वडानम्वर ६ को खिल्जीमा सम्पन्न कार्यक्रम निमकला बिकको अध्यक्षता,बिष्णु राँगुको स्वागत मनतब्य र कल्पना भण्डारीको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रम अनेमसंघकी जिल्ला कोषाध्यक्ष मिना बिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा राजमो स्थानिय नेताहरु साबित्रा दमासे,मित्रलाल पोख्रेल,रामबहादुर नेपाली,कृष्ण बेल्बासे लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको हो ।

Image may contain: 5 people, people smiling, people sitting and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.